१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चाँदीसहित एक जना पक्राउ

सिरहा– सीमावर्ती बरियारपट्टी नाका क्षेत्रबाट प्रहरीले चाँदीका तयारी गहनासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने मोरङ रँगेली– ९ का २५ वर्षीय उमेश विश्वकर्मालाई रहेको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

भारतबाट तयारी चाँदीका विभिन्न गरगहना भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका विश्वकर्मालाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा ६ केजी तौलका विभिन्न गरगहना बरामद भएको चतुर्वेदीले बताए। १ सय १० थान पाउजु, ३० थान सिक्री, ७२ थान औंठी र १२ थान बालासहित पक्राउ परेका विश्वकर्मासँग थप अनुसन्धान भैरहेको उनले जनाए।

प्रकाशित: २ कार्तिक २०७६ १६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App