१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नयाँ नेतृत्व छान्न विश्वभरका २८ सय प्रतिनिधि सहभागी

काठमाडौं – विश्वभर छरिएका नेपालीलाई एकताबद्ध गर्दै ८१ देशमा आफ्नो सन्जाल विस्तार भएको गैरआवासिय नेपाली संघको नवौ विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । आज विहान १० बजे राष्ट्रपति विद्यादेवि भण्डारीबाट सम्मेलनको उद्घाटन गरिने कार्यक्रम रहेको छ । 'म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल विषयमा सम्मेलन केन्द्रित रहने छ । सम्मेलनसंगै नयाँ नेतृत्व छान्न भोलीबाट निर्वाचन प्रक्रिया पनि सुरु हुनेछ ।

मुलत संसारभर रहेका नेपालीलाई एकतावद्ध गर्दै मातृभूमिको समृद्धिका लागि स्थापित यस संस्था नेपाल सरकारको महत्वपुण अंगको रुपमा स्थापित भइसकेकोे छ । जुन बेला डा उपेन्द्र महतो र जिवा लामीछानेलगायत आधा दर्जन व्यक्तिहरुले आप्रवासनमा गएकाहरुले फर्केर आफ्नो देश बनाएको समाचारबाट प्रभावित भएर गैरआवासिय नेपाली संघ जन्माउने सल्लाहमा जुटे अवस्य पनि त्यो क्षण नेपाल र नेपालीका लागि गौरवको क्षण बन्न पुग्यो  । रसियामा जन्मेको एनआरएनको न्वारन लण्डनमा सन २००३ मा भएपछि त्यसले ससारभर उपीसथति बढाउँदै ८१ देशमा सन्जाल विस्तार गर्न पुग्योे ।

काठमाडौंको ह्यात होटलमा शरु हुने सम्मेलनमा करिब २८ सय प्रतिनिधि सहभागी भै सस्थाको उदेश्य हासिल गर्न विभिन्न विषयगत बन्द सत्रहरुमा व्यपाक छलफल हुनेछ । हिजो अबेर रातीसम्म सम्मेलनमा सहभागी प्रतिनिधिहरुका लागि प्रतिनिधि पास वितरण गरिएको छ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा संसारभर आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यलाई साकार पार्न विभिन्न दर्जभन्दा बढी सत्रहरुमा दफाबार छलफल बहस गरी निकर्ष निकालिने कार्यक्रम रहेको छ  । ति सबै सत्रहरुमा नेपाल सरकारको प्रतिनिधिहरु उपस्थित रहनेछ । सरकारको अभिन्न अंग बनेको यस संस्थाको विश्वसम्मेलनको मुल आयोजक नेपाल सरकार रहेकोले पनि यस सम्मेलनले पारित गर्ने विषय र दस्तावेज सरकारको स्वामित्वमा रहनेछ ।

स्थापना भएको १६ वर्षको अवधिमा ८१ देशमा औपचारिक सञ्जालको विस्तार गरेर देश बाहिर प्रवासमा बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल मात्र भएको छैन की समृद्ध देशको अभियानमा विभिन्न माध्यमबाट अर्वौ रुपियाको लागनी भित्र्याएर देशभित्र रोजगार श्रृजनामा महत्वपुर्ण योगदान दिएको छ । संस्था स्थापना भएसंगै दर्ता र गैरआवासिय नेपालीको लगानी सुरिक्षत गर्न र उनिहरुका अधिकारका लािग पनि संस्थाले उपलब्धि हासिल गर्दै आएको छ।

पछिल्लो सविधान निर्माण हुदा गैरआवसिय नेपाली नागरिकता उपलब्ध गराउने सुनिशिचत भएको भने अनलाईनबाट उनिहरुलाई मतदानको अधिकार उपलब्ध गराउने विषयमा गृहकार्य भैरहेको निर्वाचन आयोगले जनाएको छ । गैरआवासीय नेपालीसम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकता, आप्रवासी कामदारहरुसँग जोडिएका ऐन कानून आदिमार्फत गैरआवासीय नेपालीहरुका हकहितको सम्बोधन भएका छन् । यस्ता कानुनी व्यवस्थाले गैरआवासिय नेपालीमा मातृभूमीप्रतिको दायित्व झन् थपिएको छ ।

संस्था दर्ता प्रक्रिया सकिएसंगै नेपालमा गएको विनासकारी भेकम्पको बेला गैरआवासिय नेपालीले देशका लागि कति योगदान गर्न सक्नेछन भन्ने कुरा उनिहरुले गरेको योगदानबाट प्रष्ट भईसकेको छ । उदाहरणका लागि लाप्राक बस्ती निमाण मेघा प्रजेक्ट लगायत हाईड्रो पावर, वैकिड क्षेत्र, अस्पातल उधोग धन्दामा बर्षेनी द्रुतदरमा लगानी भित्रिने क्रम बढी रहेको छ । नेपाल सरकारद्धारा प्रतिवद्धाता व्यक्त गरिएका केहि कानुन निर्माण सकिने वित्तिकै लगानीको वातावरण अझ सहज हुने देखिन्छ । जसका कारण केहि मेघा प्रोजेक्टहरु पाईप लाईनमा रहेका छन ।

संस्थाको आकार बढेसंगै भिजन २०२० एण्ड बियोण्डलाई लक्ष्य निर्धारण गरी सस्थाले आगामी दिनमा येजना तर्जुमा गर्ने निति लिएको छ । संसारभर जहाँ पनि पहिलो आप्रवासी पुस्ताले संघर्ष गरेर स्थापना गरिएको सस्थालाई अब दोश्रो पुस्ता पनि एनआरएको अंग बनी सकेकोले उनिहलाई मुलधरमा समावेस गरी लक्षित उदेश्यमा लगाउने चुनौति रहेको छ ।

नेपालको पछिल्लो आर्थिक मेरुदण्ड बन्न पुगेको वैदेशिक रोजगारीका समस्या र सम्भावानाका बारे एनआरएनले धाराण स्पष्ट पारी व्यवस्थापन गर्न अर्को चुनौति छ । प्रस्तावित रु १० अर्बको संयुक्त लगानी कोषमामार्फत थोरै आम्दानी हुने नेपालीहरु प्नि संलग्न गर्न सक्ने संयन्त्र निर्माण जरुरी छ । जबसम्म एनआरएन धनीहरुको मात्रै होईन सबैका लागि भन्ने वतावरण बन्दैन तबसम्म लक्षित उदेश्य पुरा हुन्न । आर्थिक मात्र नभएर ज्ञान सीपलाई नेपालसंग नजोड्ने होभने उदेश्य प्राप्तिमा पुर्ण नहुने देखिन्छ त्यसै अवधारणालाई मध्य नजरगरि आयोजित विभिन्न देशबाट शुरु भएर नेपालमा सम्पन्न सम्मेलनले विश्वभर छरिएको सीप नेपालसंग जोड्न सफल भएको हो ।   

संस्था बढेसंगै थपिने अर्को महत्पुर्ण चुनौतीका रुपमा नेतृत्व छान्ने बेला देखिन थालेको राजनीति भित्र्याउने प्रयासलाई मुलत निस्तेज नपार्ने हो भने यस संस्थाले उदेश्य प्राप्तिमा सफल हुन्मा शंका छ । त्यसैले यो वा त्यो नाममा राजनीति भित्र्याउन भैरहकेको प्रयासलाई संसारभरका गैरआवासिय प्रतिनिधिहरुले निस्तेज पार्न जरुरी छ । हरेक क्षेत्रमा भैरहेको चरम राजनीतिकरणले देशको संमृद्धिलाई पछाडी धकेलिरहेको सन्र्दभमा यस संस्थालाई राजनीतिबाट टाढा राख्न जरुरी छ । यो सम्मेलनले राजनीतिरहित एनआरएन बनाउन जरुरी पनि छ ।

हालसम्मका पाँच वटै अध्यक्षहरु उपेन्द्र महतो, देवमान हिराचन, जीबा लामिछाने, शेष घले र भवन भट्टले आआफ्नो पालामा गरेका उपलब्धिको रक्षा गर्दै नयाँ नेतृत्वले समृद्ध नेपालको सपना साकार पार्न थुप्रै चुनौतिहरुको समाना गर्न जरुरी छ । त्यसैले पनि यो सम्मेलनले छान्ने नयाँ नेतृत्व त्यस चुनौतिको सामना गर्ने क्षमता राख्ने हुन आवश्यक छ राजनीतिक एनआरएनलाई राजनीतिबाट टाढा राख्ने कोशिस गर्नु नै देशको हितमा देखिन्छ ।    

प्रकाशित: २८ आश्विन २०७६ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App