११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रपति भण्डारी भक्तपुरमा

भक्तपुर– वडा दसैंको अन्तिम कोजाग्रत पूर्णिमाको दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको नवदुर्गा द्योछें (देवता घर) पुगेर नवदुर्गा भवानीको र्दशन गरेकी छिन्। भक्तपुर नगरपालिका–९ कमलविनायकस्थित मन्दिरमा साँंझ पुगेर उनले नवदुर्गा भवानीको पूजाआजा र दर्शन गरेकी हुन्।

प्रत्येक वर्ष राष्ट्र प्रमुखको हैसियतमा वडा दसैंको अन्तिम दिन नवदुर्गा भवानीको दर्शन तथा पूजाआजा गर्ने परम्परा अनुसार राष्ट्रपति भण्डारी यहाँं पुगेकी हुन्। राष्ट्रपति अघि राष्ट्र प्रमुखका हिसावले राजा यहाँं सवारी हुने गर्दथे। मन्दिर पुगेका 
राष्ट्रपतिलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादका रुपमा फूलमाला, विमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए। नवदुर्गा मन्दिरका मूल पुजारीले नवदुर्गाको पुजा एवं टीका प्रसाद प्रदान गरेका थिए।

यस क्रममा यस वर्ष नवदुर्गा देवताको द्यो व्ययकेगू (नवदुर्गा नाच प्रदर्शन) पनि गरिएको थियो। प्रत्येक वर्ष नाच हेर्न इच्छाएर पनि समय अभाबमा नाच हेर्न नपाएका भण्डारीलाई यो वर्ष नाच हेर्न अवसर मिलेको थियो। राष्ट्रप्रमुखलाई जिल्लाका सघीय सभाषद्, प्रदेश सभाषद्, नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका विशिष्ट व्यक्तिहरु स्वागतका लागि बसेका थिए।

प्रकाशित: २६ आश्विन २०७६ १४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App