१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पार्किङ गरी राखिएको मोटरसाइकलमा आगजनी

धनुषा - धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ गरी राखिएको नौवटा मोटरसाइकल र तीन वटा साइकलमा अज्ञात समूहद्वारा आगजनी गरिएपछि पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

जनकनन्दिनी गाउँपालिका–३ स्थित प्रखे महुवामा पार्किङ गरी राखिएको वडाध्यक्ष विष्णुदेव साहको मोटरसाइकलसहित नौ वटा मोटरसाइकल र तीन वटा साइकलमा अज्ञात समूहको आगजनीले जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले आज बिहान अन्दाजी ३ः३० बजेको समयमा पार्किङ गरी राखिएको मोटरसाइकलमा आगजनी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको जानकारी दिए। सो आगलागीमा जनकन्दिनी गाउँपालिका–३ का वडाध्यक्षको सरकारी गाडीमा समेत क्षति पुगेको छ। सो घटनामा ५ वटा नेपाली प्लेट र चार वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल जलेर नष्ट भएको प्रहरी निरीक्षक थापाले बताए।

सार्वजनिक स्थलमा पार्किङ गरी राखिएको ज ९ प ७६२५, स १ प ४३८१, स ८ प ७७१८, ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाइकल जलेर नष्ट भएको छ भने बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाइकल जलेर नष्ट भएको छ। घटनामा तीन वटा साइकलसमेत जलेर नष्ट भएको छ।  जिल्ला प्रहरी कार्यालय धनुषाले यसबारे अनुसन्धान भइरहेको जनाएको छ। रासस

प्रकाशित: २३ आश्विन २०७६ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App