१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

टीकाको दिन सेनाको निःशुल्क बस सेवा

काठमाडाैँ – नेपाली सेनाले असोज २१ गते टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ। त्यस दिन सार्वजनिक यातायात न्यून सञ्चालन हुने भएकाले आवागमनमा सुविधा पु¥याउन सेनाले निःशुल्क बस सञ्चालन गर्न लागेको हो।

विभिन्न सात रुटमा सेनाको बस सञ्चालन गर्ने जनाइएको छ। भद्रकाली हुँदै कालीमाटी, कलंकी र नागढुंगासम्म एउटा रुट रहेको छ। त्यस्तै भद्रकाली हुँदै बल्खु र कीर्तिपुरसम्म पनि बस सञ्चालन हुनेछ।

भद्रकाली हुँदै बानेश्वर, कोटेश्वर, गठ्ठाघर र सूर्यविनायक रुटमा पनि बस सञ्चालन हुनेछ। भ्रद्रकाली हुँदै लैनचौर, महाराजगन्ज र बूढानीलकण्ठ, त्यस्तै भद्रकाली हुँदै चावहिल, जोरपाटी, थली र साँखुमा पनि सेनाको निःशुल्क बस सञ्चालन हुनेछ। चक्रपथमा पनि सेनाका निःशुल्क बस सञ्चालन हुनेछन्। चक्रपथमा सञ्चालन हुने बस भद्रकाली, बानेश्वर हुँदै कोटेश्वरबाट सातदोबाटो, कलंकी, सीतापाइला, बालाजु, महाराजगन्ज, चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने हुँदै पुनः भद्रकालीमा पुग्नेछन्।

प्रकाशित: १८ आश्विन २०७६ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App