१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धनकुटामा छड्के अनुगमन तीव्र

धनकुटा – स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको छ।    धनकुटाका नगर र गाउँपालिकाका विभिन्न स्थानमा छड्के अनुगमनलाई तीव्र पारिएको हो।

जिल्ला प्रशासन कार्यालय, प्रहरी, कर कार्यालय, घरेलु कार्यालय, उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति, उपभोक्ताका प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले चाडपर्वको मौकामा उपभोक्ताहरु ठगिन सक्ने भन्दै दैनिकजसो बजार अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  टोलीले सागुरीगढी गाउँपालिकाको भेडेटार बजार,  धनकुटा नगरपालिकाको हिले बजार र धनकुटा बजारमा खाद्यान्न  तथा मदिरा एकै ठाउँमा राखेर बिक्री गर्दै आएका केही पसल, औषधि बिक्रीका लागि अनुमति नपाएका व्यक्तिद्वारा सञ्चालित मेडिकल फार्मेसी, म्याद सकिएका फेन्सी सामान, सुनचाँदी व्यवसाय, कपडा पसलमा अनुगमन गरेको जनाएको छ।

अनुगमनका क्रममा व्यवसाय सञ्चालनका लागि इजाजत नलिएका तथा करको दायराभन्दा बाहिर रहेका व्यापारीहरुलाई भने प्रशासनले सचेत गराएर छाडिएको प्रशासकीय अधिकृत सुधीर साफिले बताए। अनुगमनका क्रममा ग्रामीण क्षेत्रका अधिकांश बजारमा म्याद गुज्रन लागेका खाद्य तथा पेय पदार्थ पठाउने गरिएको पाइएको छ।

प्रकाशित: १० आश्विन २०७६ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App