१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इञ्जिनीयर हत्या आरोपितलाई कैद सजाय

सप्तरी- सप्तरीको राजविराज–६ का इञ्जिनीयर हरिनारायण देवको हत्या आरोपमा सप्तरी महादेवा गाउँपालिका–१ का ४२ वर्षीय हरेराम यादवलाई कैद सजायको फैसला भएको छ।     
     
जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलाशले यादवलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको हो। यसैगरी अन्य आरोपित छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका ३१ वर्षीय अजित सिंह भनिने अजय यादव, अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ का ३४ वर्षीय अविनाश भनिने उपेन्द्र यादव र ५५ वर्षीय श्रीप्रसाद मण्डललाई जनही एक वर्ष कैद सजायको फैसला भएको छ।     
     
जिल्ला अदालतले २०७१ फागुन ११ गते अजय, उपेन्द र श्रीप्रसादको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको थियो। आरोपित मण्डल २०७५ मङ्सिर ५ गते पक्राउ परेपछि ५० हजार धरौटीमा पुर्पक्षका लागि रिहा भएका थिए।

सप्तरीको बोरियास्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज–६ स्थित घरतर्फ आइरहेका इञ्जिनीयर देवलाई घर नजिकै आरोपितले २०६७ पुस १३ गते साँझ गोली हानेर हत्या गरेको थियो। राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देव मृतक देवका भाइ हुन्।     
     
यसअघि पक्राउ परेका विष्णुपुर गाउँपालिका–५ का २७ वर्षीय गङ्गाराम यादवलाई सर्वस्वसहित जन्मकैद तथा शम्भुनाथ नगरपालिका मोहनपुरका २८ वर्षीय दिलजले भनिने उमेश राम र २९ वर्षीय देवराम भनिने अनिलकुमार यादवलाई जनही पाँच वर्ष कैद सजायको फैसला भएको थियो। रासस

प्रकाशित: ७ आश्विन २०७६ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App