१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फौजी किरा नियन्त्रणका लागि राखिएको विषादी मोही ठानेर पिएपछि...

फाइल तस्बिर

खोटाङ — झुक्किएर किरा मार्ने विषादी सेवन गर्दा खोटाङमा एक किशोरी गम्भीर विरामी परेकी छन्। घोलेर बोत्तलमा राखेको विषादीलाई मोही ठानेर पिउँदा हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडा ट्याम्टुककी १३ वर्षीय अम्बीका राई सिकिस्त बिरामी परेकी हुन्।

अमेरिकी फौजी किरा नियन्त्रणका लागि घोलेर राखिएको विषादी पिउँदा गम्भीर बिरामी परेकी अम्बीकालाई उपचारका लागि काठ्माण्डौं लगिएको आफन्त एवम स्थानीय शिक्षक दिलीप राईले जानकारी दिए। अम्बीकाले शुक्रबार विद्यालयबाट घर फर्किए लगत्तै बोत्तलमा राखेको विषादी सेवन गरेकी थिइन्।

हाल ओम अस्पताल काठ्माण्डौंमा आइसियूमा राखेर अम्बीकाको उपचार सुरु गरिएको बाबु क्षेत्रबहादुर राईले बताए। अम्बीका स्थानीय मालिकादेवी माबिमा कक्षा ७ मा अध्ययनरत छिन्। हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न क्षेत्रमा फैलिएको फौजी किरा नियन्त्रणका लागि केही समयअघि किसानलाई विषादी वितरण गरिएको थियो।

प्रकाशित: ४ आश्विन २०७६ १०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App