१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वडाध्यक्ष ६० हजार धरौटीमा छुटे

ओखलढुंगा – चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेल धरौटीमा रिहा भएका छन् । वडा नम्बर ७ का वडाध्यक्षलाई कुटेको आरोपमा पक्राउ परेका लुइँटेल ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

उनलाई धरौटीमा छाड्न आदेश आएसँगै ६० हजार धरौटी बुझाएपछि हिरासतमुक्त गराइएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

लुइँटेलले मादक पदार्थ सेवन गरी चम्पादेवी गाउँपालिका कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई गत असार ३० गते कुटपिट गरेका थिए ।

प्रकाशित: ३ आश्विन २०७६ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App