१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खुकुरी प्रहारले गम्भीर घाइते

भोजपुर – भोजपुर नगरपालिका–११ आम्तेकमा आफ्नै छोराले बाबुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। स्थानीय २४ वर्षीय शिवहाङ राईले घरायसी विवादमा आफ्नै बाबु ५५ वर्षीय रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते चन्द्रबहादुरको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजवंशीले जानकारी दिए।

खुकुरी प्रहारबाट घाइते चन्द्रबहादुरको गर्धनमा अढाइ इन्च गहिरो चोट लागेको प्रहरीको भनाइ छ। शनिबार बेलुका भएको घटनालगत्तै फरार रहेका शिवहाङलाई प्रहरीले आइतबार भोजपुर भैंसीपंखाको असिनेबाट पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ।
 

प्रकाशित: ३० भाद्र २०७६ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App