१६ चैत्र २०८० शुक्रबार
समाज

जीप दुर्घटना हुँदा नाबालकसहित तीनको मृत्यु

दुर्घटना अवस्था रहेको जीप । तस्बिरः नागरिक

स्याङ्जा– स्याङ्जाको गल्याङ्मा लु १ ज ३८४१ नम्बरको जीप दुर्घट्ना हुँदा नाबालकसहित तीन जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका–१३ का ९ महिने नाबालक पल्सन परियार, वालिङ–९ का ३३ वर्षीया मञ्जु भण्डारी गैह्रे र रम्भा गाउँपालिका पाल्पाका ६५ वर्षीया खनिमाया नेपालीको मृत्यु भएको हो। गैह्रे र नेपालीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज पाल्पामा मृत्यु भएको हो भने बालकको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

थप उपचारका लागि तानसेन पठाइएको घाइते मध्ये १२ महिला, ८ पुरुष ३ बालक रहेका छन्। दुर्घटनामा पर्ने अधिकांश तीज मनाएर घर फर्किएकी महिलाहरु परेको बताइएको छ। जीपको क्षमताभन्दा बढी यात्रुको बोकेको कारणले दुर्घट्ना हुन सक्ने वडा प्रहरी कार्यालय वालिङका प्रमुख इन्सपेक्टर निरञ्जन घिमिरले जानकारी दिए। घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास र मिसन अस्पताल तानसेन पाल्पामा उपचार भइरहेको छ। 

जीप आदर्श स्कुलको खोल्साबाट करिब ३ सय मिटर तल खसेको वडा प्रहरी कार्यालय वालिङले जनाए। जीपचालक फरार रहेकोले जीप धनीलाई नियन्त्रण लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी जनाएको छ।


 

प्रकाशित: १८ भाद्र २०७६ १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App