१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डुबेर एक बालिकाको मृत्यु

कपिलवस्तु– कपिलवस्तुको मायादेबी गाउँपालिका ४ बुलाडीहवामा स्थानीय पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। माहोम्द रफिक चिढिमारकी छोरी १५ बर्षिया जमिलाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुनिल मल्ले बताए। 

जमिला सोमबार साँझ आफ्नो भाईसँग नजिकैको पोखरीमा घास काट्न गएकी थिइन। मृतको भाई एक घन्टा अघि नै घर फर्किएको तर घास लिन गएकी जमिला अबेर साँझसम्म पनि नफर्किएपछि उनको खोजी गरिएको थियो। उनी साँझ ७ बजेतिर पोखरीबाटै बेपत्ता भएकी थिइन। 

जमिलाको शव मंगलवार बिहान पोखरीमा तैरी रहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्ले बताए। यसअघि सोमवार नै सुद्धोदन गाउँपालिकाको सन्तघाटमा नुहाउन गएका ३ जनाको खोलाले बगएर मृत्यु भएको थियो। उनीहरुको शव पनि मंगलवार बिहान फेला परेको थियो। 

प्रकाशित: १७ भाद्र २०७६ १०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App