२५ श्रावण २०७७ आइतबार
समाज

पहिरोमा परी एकको मृत्यु दुई घाइते

भोजपुर–साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ। शनिबार साँझ अलैँची गोडेर घर फर्कंने बेला बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोले किच्दा उनको हात, खुट्टा र टाउकामा चोट लागेको र सो दुर्गम स्थलमा दोभानेबाट  स्वास्थ्यकर्मी पुग्न नपाउँदै राति नै मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए। शनिबार साँझ पहिरो परेर उहाँ घाइते भएको र त्यो ठाउँ विकट रहेकाले दोभाने भन्ने स्थानबाट स्वास्थ्यमर्की पठाउने तयारी गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै पहिरोमा परी भाग्ने क्रममा अर्जुन कार्की, धर्मराज विष्ट र प्रसाद राई सामान्य घाइते भएका थिए। मृतक विष्टको शवपरीक्षणका लागि सङ्खुवासभाको खाँदबारी लगिने प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १५ भाद्र २०७६ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App