१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोचिङ पढ्न जाँदा ९ छात्रा बेहोस, १ को मृत्यु

पाल्पा - रम्भा गाउँपालिका–५, ताहुँमा कोचिङ्ग पढ्न जाने क्रममा विद्यार्थीहरु बेहोस् हुँदा एक जनाको मृत्यु भएको छ । रम्भा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत नौ जना बेहोस भएका पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गकी १६ वर्षीय कमला फालको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले फालको ज्यान गएको पुष्टि गर्दै बेहोस भएको स्थानमा अनुसन्धान भइरहेको बताए।  उनका अनुसार बिहान साढे ७ बजे विद्यालयमा कोचिङ्ग पढ्न जाने क्रममा विद्यार्थीहरु अचानक बेहोस भएका थिए ।

मृतक फाल बेहोस भएपछि उनीसँगै रहेका ८ जना सहपाठी साथीहरु समेत रुँदा रुँदै बेहोस भएको भएका थिए । बेहोस् भएकी छात्रा फालको प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा उपचार हुन सम्भव नभएपछि उनलाई तत्कालै लुम्बिनी मेडिकल कलेज पठाइएकोमा लुम्बिनी मेडिकल लैजादै गर्दा बाटोमै निधन प्रहरीले जनाएको छ

प्रकाशित: ११ भाद्र २०७६ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App