८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कुप्रथाविरुद्ध उभिए किशोरी

खलङ्गा- जुम्लाको सिञ्जा गाउँपालिकाका किशोरी जिल्लामा रहेको कु–प्रथाको विरुद्धमा उभिएका छन्। गाउँपालिकाभित्र रहेका विभिन्न कुप्रथालाई न्यूनीकरण गर्न उनीहरुले आवाज उठाउन थालेका छन्।     

आफूले भोगेका भोगाइलाई प्रतिभाका माध्यमबाट प्रस्तुत गर्न थालेका हुन्। गाउँपालिका २५ जना किशोरीले महिलाले भोगेका समस्यालाई कलाका माध्यमबाट प्रस्तुत गरेका छन्। महिलालाई महिनावारी भएका बेला भोग्नुपर्ने समस्या अनि घरपरिवारबाट हुने विभेदको वेदनासमेत एक गोष्ठी कार्यक्रममा सुनाएका हुन्।     

पुरुषप्रधान देशमा महिलालाई हेर्ने नजर नै फरक रहेको उनीहरुको भनाइ थियो। कार्यक्रममा सहभागी एक किशोरीले महिनावारी भएका बेला जन्मदिने आमाबाबुले समेत हेला गर्ने गरेको दुखेसो सुनाउछन्। घरबाट टाढाको गोठमा बस्नुपर्छ। कति बेला के हुन्छ, थाहा छैन। बाघ, सर्पको डरले महिनावारी भएका बेला नसुतेरै रात काट्नुपर्ने बाध्यता रहेको उनले बताए।    

जिल्लामा बालविवाह गर्ने चलन पनि निकै रहेको छ। यहाँ १२ देखि १५ वर्षमै विवाह गर्ने प्रचलन धेरै छ। यसलाई समयमै रोक्न नसके ठूलो दुर्घटना हुने उनीहरुको भनाइ छ।

प्लान इन्टरनेशनल नेपालको सहयोग र सिद्धार्थ फाउण्डेशनको आयोजनामा भएको कला कार्यशाला गोष्ठीमा सिञ्जाका २५ जना किशोरीले सिञ्जामा रहेको कुप्रथालाई तत्काल रोक्नुपर्ने भन्दै गीतका माध्यमबाट ध्यानाकर्षण गराएका हुन्।रासस

प्रकाशित: ९ भाद्र २०७६ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App