१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीले फेरि पुल बगायो, पूर्ण रुपमा बाटो अवरुद्ध

बाढीले बगाएको पुल । तस्बिरः नागरिक

डोल्पा– पर्यटकीय महत्व बोकेको सुन्दर ताल फोक्सुण्डो जाने पदमार्ग पर्ने काठे पुलहरु बाढीले बगाएपछि बाटो पुर्णरुपमा अवरुद्द भएको छ। शे फोक्सुण्डो गाउँपालिका अन्तरगत पर्ने सिम्दाक र सुम्दह नजिक सुलिगाड खोलामाथि लागइएका तीन वटा काठे पुलहरु बाढीले शुक्रबार बिहान बगाएपछि पर्यटकीय मार्ग पुर्ण रुपमा अवरुद्द भएको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालय सुलिगाडका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी गोपाल खनालले जानकारी दिए।

लगातार तीन दिनसम्म परेको अविरल वर्षातका कारण पानीको बहाव बढेर फोक्सुण्डो ताल जाने पदमार्गमा पर्ने काठेपुल बगाएको हो। बाढीले काठे पुलहरु बगाएर कतिपय पर्यटकबीच बाटोमै अलपत्र परेको खबर आएपछि निकुन्ज कार्यालयबाट कर्मचारी र सुरक्षाकर्मीसमेत बास्तविकता बुझन र वैकल्पिक मार्गको खोजी गर्न पठाइएको पनि सहायक संरक्षण अधिकृत गोपाल खनालले बताए।

फोक्सुण्डो गापामा पर्ने छेप्कादेखि सुम्दहसम्मको बाटोमा पर्ने सुलिगाडखोला माथि र सहायक खोलामाथि लगाइएका काठेपुल सबै बाढीले बगाएको र तत्काल बनाउन सम्भव पनि नभएकाले पुरानो जङ्गली बाटो सफा गरेर बैकल्पिक मार्ग खोल्ने प्रयास भइरहेको निकुन्जले जनाएको छ।

पर्यटकीय ताल फोक्सुण्डो जाने प्रवेशद्वारको रुपमा रहेको शे फोक्सुण्डो निकुन्जको कार्यालय नजिक सुगिलाडस्थित सुलिगाड खोलामा लागइएको काठेपुल साउन २८ गते बिहानमात्र बाढीले बगाएको थियो। फोक्सुण्डो प्रवेश मार्गस्थित काठेपुल बगाएको एक साता नबित्दै थप पुलहरु बगाएपछि फोक्सुण्डो यात्रा थप जोखिममा परेको छ।

फोक्सुण्डो ताल जाने पर्यटकलाई मात्र होइन फोक्सुण्डो गाउँका स्थानीयलाई सदरमुकाम आवतजावत गर्नसमेत काठेपुल बगाएपछि ठप्प भएको छ।

प्रकाशित: ३१ श्रावण २०७६ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App