८ वैशाख २०८१ शनिबार
समाज

तस्बिरमा पाल्पाको गाईजात्रा

पाल्पा– दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै गाईजात्रा निकालिएको छ। रामपुर, ताहुँ, हुमिन, आर्यभञ्याङ्ग, तानसेन तथा हार्थोकमा गाईजात्रा निकालिएको हो।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन रहिआएको छ। गाईजात्राको अवसरमा मानिसलाई श्रीकृष्ण, राधा तथा अन्य भगवानको स्वरुप बनाइन्छ। यस्तै मृतक व्यक्तिका आफन्तको घरबाट गाईजस्तै मानिसलाई सिँगारेर निकाल्ने प्रचलन रहिआएको पाल्पा उद्योग वाणिज्य संघ अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए।

गाईजात्राको अवसरमा मानिसहरू विभिन्न भेषमा सिँगारिएका देखिन्थे। शुक्रबार तानसेनमा एक दर्जन बढी दिवंगत भएका व्यक्तिहरुको घरपरिवारले गाईजात्रा निकालेका छन्। दिवंगत व्यक्तिका आफन्तजनले बिहानैदेखि रामायण, भजन गाउँदै सहर परिक्रमा गरेका थिए। गाईजात्राको अवसरमा जिल्ला सदरमुकाम तानसेनका विभिन्न चोकहरुमा हास्यव्यङ्ग्य प्रहसनको आयोजना गरिएका थिए।

काठमाडौंपछिको सबैभन्दा बढी जात्रा देखाइने सहरको रुपमा तानसेनलाई लिने गरिन्छ। गाईजात्रा, रोपाइँजात्रा, गणेशजात्रा, अमरनारायणजात्रा, श्रीनगरजात्रा, बाघ जात्रा, टक्सार गणेश र भगवती जात्रा तानसेनका लोकप्रिय जात्राहरू हुन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App