८ वैशाख २०८१ शनिबार
समाज

यस्तो छ आदिवासीको जनसंख्याको स्थिति (भिडियो)

काठमाडौं- २६ औं विश्व आदिवासी दिवस नेपालमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ। विश्व आदिवासी दिवस प्रत्येक वर्षको अगष्ट ९ तारिखमा मनाइन्छ। संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो।

आदिवासी भन्नाले कुनै स्थानमा आदिमकालदेखि बस्दै आएको र आफ्नो मातृभाषा,परम्परा, रितिरिवाज, छुट्टै सांस्कृतिक पहिचान,अलग सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको समुदाय वा जाति भन्ने बुझिन्छ। नेपालमा सरकारले ५९ जातजातिलाई आदिवासी जनजातिको रुपमा सूचिकृत गरेको छ।

नेपालको जनसंख्याको ३५.४ प्रतिशत हिस्सा ओगटेको आदिवासीको जनसंख्या ९३,६८,१७८ रहेको छ। बिस २०६८ को जनगणना अनुसार कुसुण्डा जातिको जनसंख्या सबैभन्दा कम २७३ जना रहेको छ भने सबैभन्दा बढी थारु समुदायको १७,३७,४७० रहेको छ। मानव सभ्यताको विकाससंगै अनि क्रमिक बसाई (सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई आदिवासीहरुको पहिचान र अस्तित्व कायम राख्न यो दिवस मनाउन थालिएको हो। विश्वको कूल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरुले विश्वको कूल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेको तथ्यांक छ।

प्रकाशित: २४ श्रावण २०७६ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App