२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टेन्डरको ११ वर्षपछि खैरेनीघाटमा पुल

सुनकोसीको खैरेनीघाटमा निर्माण सम्पन्न भएको पक्की पुल। तस्बिर: अनिल भण्डारी/नागरिक

सिन्धुली - स्थानीय तहको निर्वाचनमा भाग लिएर मतदातामाझ मत माग्न जाँदा रामेछाप खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङलाई मतदाताको पहिलो प्रश्न थियो, खैरेनीघाटको पुल कहिले बन्छ ?।  स्थानीयको प्रश्नलाई तामाङले मात्रै पुल बन्ने समयको उत्तर दिएर पुग्दैनथ्यो।  तर उनले निर्वाचित भएको केही वर्षमै पुल बनाउने जनतामाझ आश्वासन दिएका थिए।  आइतबार त्यही पुल उद्घाटन हुँदा जनता मात्र होइन, जनप्रतिनिधि नै खुसी भए।

करिब ११ वर्षपछि रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने गरी खैरेनीघाटमा पक्की पुल बनेपछि पश्चिम रामेछापवासी खुसी भएका छन्।  ‘झन्डै २० किलोमिटर बढी घुमेर पुगिने नेपालथोक अब मिनेटभरमै पुगिने भएको छ,’ खाँडादेवी गाउँपालिका प्रमुख तामाङले खुसी हुँदै भने, ‘११ वर्षपहिले टेन्डर भएको भए पनि हामी निर्वाचित भएपछि निर्माण अघि बढेको हो। ’ सो पुल निर्माणका लागि २०६६ असार ३० गते कन्काई÷खम्पाचे जेभीले सम्झौता गरेको थियो।  सो सम्झौता भएको ११ वर्षपछि पुल निर्माण भएसँगै रामेछापस्थित खाँडादेवी, दोरम्बा सुनापति र सैलुङ क्षेत्रका स्थानीय खुसी छन्।  निर्माण सम्पन्न भएको पुल एक औपचारिक कार्यक्रममार्फत पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आइतबार उद्घाटन गरेका थिए।

भ्याटबाहेक कुल सात करोड ७८ लाख ९९ हजार पाँच सय २० रुपैयाँमा निर्मित सो पुल ९० दशमलव ५ मिटरको रहेको छ।

पुल बनेपछि अब दोरम्बा सीधै काठमाडौसँग जोडिएको छ।  दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले भने, ‘दिनभरिको बाटो अब ओहोरदोहोर नै गर्न सकिने भएको छ। ’ उनले पुल बने पनि सडक कालोपत्रे नभएकाले सडक कालोपत्रे भएपछि दोरम्बाबाट काठमाडौं पुगेर कार्यालय तथा अन्य धेरै काम सकेर बेलुका दोरम्बा फर्कन सकिने बताए।  दोरम्बालाई पर्यटकीय क्षेत्रको रूपमा समेत विकास गर्न आफू लागिपरेको र पुल बनेपछि थप सहयोग पुगेको उनको भनाइ छ।

  सुनकोसीमा बनेको पुलले सबैभन्दा बढी किसानलाई फाइदा पुग्ने स्थानयी बताउँछन्।  ‘यहाँको कृषि उत्पादनले सहजै बजार पाउने भएकाले यसको प्रत्यक्ष फाइदा किसानलाई छ,’ खाँडादेवी गाउँपालिकाका एक स्थानीयले भने।  पुल निर्माणले खाँडादेवी, सुनापति, दोरम्बालगायत गाउँपालिकावासीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुंगेल बताउँछन्।  भ्याटबाहेक कुल सात करोड ७८ लाख ९९ हजार पाँच सय २० रुपैयाँमा निर्मित सो पुल ९० दशमलव ५ मिटरको रहेको छ।  पुलमा तीनवटा स्पान रहेको निर्माण कम्पनीले जनाएको छ।  २०७४ साल असार ३० गते निर्माण सम्पन्न गर्नुपर्ने पुल २ वर्ष ढिला निर्माण भएको हो।

प्रकाशित: २१ श्रावण २०७६ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App