२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

आमाकै संलग्तामा बलात्कृत भएकी बालिका विस्थापित

धनुषा - महोत्तरी भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पु¥याएर १५ दिनसम्म लगातार बलात्कार गरिएको गत महिना पीडित बालिकाले नै खुलासा गरिन्। आमाकै संरक्षणमा बालिकालाई भारतको दिल्ली पु¥याएर १५ दिनसम्म निर्घात कुटपिट गरी बलात्कार गरिएको थियो।

पटक–पटक बलात्कृत हुनबाट जोगिन र ज्यान जोगाउन बालिकाले इन्टरनेटको माध्यमले दिल्लीबाट नेपालमा रहेकी आफ्नी ठूलीआमालाई घटनाबारे जानकारी गराइन्। बालिकाको ठूलीआमाले गाउँका भद्रभलादमीसहित पीडकको पारिवारलाई घटनाबारे जानकारी गराउँदै न्यायको लागि पहल गरिन्। गाउँमा घटनाबारे जानकारी गराएपछि पीडकले बालिकालाई दिल्लीबाट ल्याइदिने तर, यसबारे कसैलाई थाहा भयो भने ‘परिवारै सिध्याइदिने’ धम्की दिएपछि उनी अहिले गाउँबाट नै विस्थापित हुन पुगेकी छन्। ‘सीतारामको परिवार र आफन्तले पटक–पटक धाक–धम्की दिन्छन्,’ बालिकाकी ठूलीआमाले भनिन्, ‘गाउँमा छोरीको र मेरो ज्यानको सुरक्षा भएन। हामी डरले अर्को ठाउँमा बसिरहेका छ।

आमा नै पापी भएपछि कसले न्याय दिन्छ ? पीडित बालिकाले दुखेसो पोख्दै भनिन्, म कुन आधारमा न्याय पाउँछु ?

रोजगारीको प्रलोभन देखाएर आमाकै संरक्षणमा भारतको दिल्ली पु¥याएर गाउँकै ४० वर्षीय सीताराम महतोले १५ दिनसम्म बलात्कार गरेको पीडित बालिकाले सुनाइन्। बालिकाका अनुसार आमाले आफ्नो अनैतिक सम्बन्ध रहेका महतोसँग एउटै कोठामा बसेर छोरीलाई पनि बलात्कार गर्न लगाइन्। बालिका नेपाल फर्केपछि न्यायका लागि साहस गर्दै आमा र पीडक महतोको कालो करतुतबारे गाउँ समाजका भन्न जाँदा महतोको पारिवार र उनका आफन्तले उल्टै बालिकालाई मार्ने धम्की दिए। गाउँका स्थानीय नेता भद्रभलादमीहरूले पनि साथ नदिएपछि पीडित बालिका अहिले अलपत्र परेकी छिन्।

बलात्कार गर्न सघाएकी आमा र बलात्कार गर्ने महतोविरुद्ध पीडित बालिकाले दिल्लीबाट नेपाल आएर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एक महिना पुगेको छ। उजुरी गरेको महिना पुगे पनि अपराधी नियन्त्रणमा नआउँदा र पीडकको पारिवारले दिएको धम्कीबाट पीडित बालिका र उनकी ठूलीआमा चिन्तित बनेका छन्।

‘छोरीलाई तुरुन्त मुद्दा फिर्ता लिन भन् नत्र तिमीहरूको उठीबास लगाउँछौं भनेका छन्,’ बालिकाकी ठूलीआमाले रुँदै नागरिकसँग भनिन्, ‘वैशाखमा छोरीलाई महतोले घरमा कोही नभएको बेला ढोका थुनेर बलात्कार गरेका थिए।’ ‘पहिलो पल्ट चक्कु घाँटीमा राखेर कसैलाई भने वा चिच्याएमा तँ र तेरो परिवारलाई मारिदिन्छु भनेर जबर्जस्ती ग‍¥यो,’ बालिका भावुक हुँदै भनिन्, ‘जाने बेलामा छिटो सम्हाल नत्र ठीक हुन्न भनेर थर्काएर गएकोथ्यो।’

घरपरिवारलाई मारिदिन्छु भनेकाले डरले पहिलो पटकको घटना कसैलाई नभनेको बालिकाले बताइन्। पहिलो घटना लुकाएकी बालिकाको गोप्यताको फाइदा उठाउँदै महतोले त्यसपछि लगातार बलात्कार गर्ने प्रयास गरे। तर बालिका गाउँमा कतिपटक कुरा छलेर जोगिँदै आएकी थिइन्। त्यसपछि पीडक महतोले बालिकाको आमाको सहयोगमा भारत पु¥याएर बलात्कारको प्रपञ्च रचे, जसमा उनी सफल भए। ‘दिल्लीमा भाडाको कोठा लिएर आमाको आगाडि नै दैनिक बलात्कार गथ्र्यो,’ पीडित बालिकाले भनिन्, ‘आमाले केही भन्दिनथिन्, उल्टै मलाई नै गाली गर्थिन्। प्रतिकार गर्न खोज्दा ज्यान मारिदिने, काटिदिने आदि विभिन्न प्रकारका धम्की दिँदै दुवैजना मिलेर कुटपिट गर्थे।’

के हुँदै छ घटनाबारे

पीडित बालिकाले न्यायका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा असार २२ गते उजुरी दिए पनि उनलाई न्याय पाउने आस छैन। ‘आमा नै पापी भएपछि कसले न्याय दिन्छ,’ पीडित बालिकाले दुखेसो पोख्दै भनिन्, ‘मलाई बलात्कार गर्ने मान्छेसँगै भागेकी आमाले मसँग छोरी गएकै थिइन भन्छिन्। अब म कुन आधारमा न्याय पाउँछु।’

पीडत बालिकाको मेडिकल जाँच भइसकेको छ। चिकित्सकले मेडिकल रिर्पोटमा बलात्कार भएको पुष्टि गरिसकेका छन्। तर अपराधी पक्राउ परेको छैनन्। स्रोतका अनुसार अपराधी बचाउन पैसाको चलखेल हुँदै छ। पीडक पक्षले प्रहरीलाई पैसा दिएकै कारण आफूहरूले न्याय पाउन नसकेको पीडित बालिकाकी ठूलीआमाले बताइन्। ‘उनीहरुलाई पैसा छ, प्रहरीलाई दिएपछि चुप बसिदिन्छ,’ उनले भनिन्, ‘पक्राउ गर्दैनन्। न्याय पाउने आस छैन।’

महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले आरोपितको खोजी भइरहेको बताए। उनले पीडितलाई न्याय दिलाउने र यो प्रकरणमा प्रहरीका तर्फबाट पैसाको चलखेल नभएको दाबी गरे। मुख्य आरोपित पीडक बालिकाकी आमा लिएर फरार भएपछि पक्राउ गर्न समय लागेको उनको तर्क छ। पीडित बालिका र उनकी ठूलीआमालाई दिइएको धाक–धम्की र उनीहरू विस्थापित भएकोबारे प्रहरीलाई जानकारी नभएको उनले बताए।प्रदेश २ मा दिनानुदिन महिला तथा बालिका असुरक्षित हुँदै गइरहेका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांकअनुसार गत आर्थिक वर्षमा तीन सय २० जना महिला तथा बालिका बलात्कृत भए भने ९९ जना महिलाउपर बलात्कार प्रयासका घटना भएका थिए।

प्रकाशित: १९ श्रावण २०७६ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App