१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ओखलढुंगा जिससविरुद्ध उजुरी

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाले जिल्ला समन्वय समिति ओखलढुंगाविरुद्ध उजुरी दिएको छ। समितिको विभिन्न ठाउँमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढंगले बाँडिएको विषयमा छानबिन गरी कारबाहीका लागि नेकपाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो।

भूकम्पपछि सगरमाथा जनता माध्यमिक विद्यालयको कक्षा कोठामा मौज्दात रहेको करिब आठ हजार थान त्रिपाल र समन्वय कार्यालय परिसर र रुम्जाटारमा रहेको ठूलो परिमाणको तार जाली समितिले मनोमानी ढंगले बाँडेको नेकपाको दाबी छ।

तत्कालीन सबै राजनीतिक दलहरूको सहभागितामा सगरमाथा जनता माध्यमिक विद्यालयको एउटा कक्षा कोठामा आठ हजार थान भन्दा बढी त्रिपाल र कम्बल राखिएको नेकपाका सचिवालय सदस्य नेत्रप्रसाद भट्टराईले बताए।

दलहरुसँग छलफलै नगरी समन्वय समितिका पदाधिकारीहरुले मनोमानी ढंगले बाँडेर सकेको भट्टराईको भनाइ छ। यस्तै स्थानीय सडक सहयोग कार्यक्रम (एलआइआरपी) र स्वीस सरकार विकास नियोग (एसडिसी)ले समितिलाई जिम्मा लगाएको हजाराँै थान जालीको विषयमा पनि नेकपाले चासो देखाएको छ।

जिल्ला समन्वय समितिको कार्यालय परिसरमा भण्डारण गरिएको हजारौँ थान जाली र करिब ४० टनभन्दा बढी जाली बुन्न बाँकी तार अपारदर्शी ढंगले समितिले बाँडेको सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले बताए। स्थानीय तहहरुलाई सहभागी नगराई एकलौटी ढंगले कार्यकर्ताहरुलाई तारजाली बाँडिएको उनको भनाइ छ।

यस विषयमा जिल्ला समन्वय समिति सभापति जयबहादुर श्रेष्ठसँग बुझ्न खोज्दा आफू जिल्ला बाहिर रहेकाले भेटेर मात्रै प्रतिक्रिया दिने बताए।

प्रकाशित: १८ श्रावण २०७६ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App