१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पार्किङस्थल बन्यो दत्तात्रय मन्दिर परिसर

दत्रादय मन्दिर परिसरमा पार्किङ गरिएका गाडीहरू। तस्बिरः नागरिक

भक्तपुर– भक्तपुरको ऐतिहासिक महत्व बोकेको दत्तात्रय मन्दिर परिसर पार्किङस्थल बन्दै गएको छ। विश्व सम्पदामा सूचीकृत भक्तपुरको दरबार क्षेत्रपछि दोस्रो महत्वपूर्ण यो ऐतिहासिक ठाउँ अनाधिकृत पार्किङस्थल बनेको हो।

दत्तात्रय मन्दिर अगाडि दिनहुँ चारपांग्रे गाडीहरू पार्किङ भइरहेको देखिन्छ। बेलुका भएपछि त झन् चारपाग्रेमात्र नभई दुईपांग्रे मोटरसाइकलहरुको पार्किङ पनि हुन्छ। बेलुका त झन् बढी हुन्छ।

भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले दत्तात्रय मन्दिर अगाडि पार्किङ भएको स्वीकार गरे।  ‘हामीले दत्तात्रय मन्दिर वरपरका स्थानीयलाई यो पार्किङको विषयलाई लिएर मिटिङ राखेका थियौं,’ उनले भने। यसरी दुईतीन पटक मिटिङ राखेर भन्दा पनि नमानेको उनी बताउँछन्।

ऐतिहासिक दत्तात्रय मन्दिर अगाडि ‘नो पार्किङ’को बोर्ड राखिएको छ। तर, पनि यसलाई अटेर गरी स्थानीयले पार्किङ गर्ने गरेको उनको भनाइ छ। अब फेरि पनि मिटिङ बसेर कडा कारबाही गर्ने उनी बताउँछन्। भविष्यमा भक्तपुरको च्याम्हासिँहदेखि भार्वाचोसम्म चारपांग्रे निषेध गर्ने योजना रहेको उनले जानकारी गराए।

साथै उनले भूकम्पपछि पुनःनिर्माणका लागि सामान ल्याउन कठिनाइ हुने भएकाले चारपांग्रे निषेध नगरेको बताए। भक्तपुरको टौमढी र दरबार स्क्वायरमा जस्तै वैकल्पिक बाटो भएको भए चारपांग्रे निषेध गरिसक्ने उनी बताउँछन्।

आजभोलि दत्तात्रय मन्दिर वरिपरि धेरै कफी सप, रेष्टुरेन्ट थपिएका छन्। त्यसकारण पनि यो समस्या बढेको देखिन्छ। कफी सप, रेष्टुरेन्ट खोलेका व्यवसायीहरुले आफ्नो ग्राहकको लागि आफैं पार्किङको व्यवस्था मिलाइदिनुपर्ने हो तर, त्यसो हुन सकेको छैन।

सबै व्यवसायीहरूलाई आफ्नो ग्राहकका लागि पार्किङस्थल पनि आफैं व्यवस्था गर्नुपर्ने नियम बनाएको वडा कार्यालयले जनाएको छ। नभए कारबाहीमा पर्न सक्ने जानकारी वडा कार्यालयले दिएको छ।

प्रकाशित: १५ श्रावण २०७६ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App