७ वैशाख २०८१ शुक्रबार
समाज

मकवानपुरमा दुईवटा गाडीमा आगजनी

काठमाडौं - मकवानपुरमा दुईवटा गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो। आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले बागमती सहितका नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्लामा आज बन्दको आह्वान गरेको छ। बन्दको अवज्ञा गरेको भन्दे उक्त समूहले नै गाडीमा आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

त्यस्तै हेटौडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन्। बम लेखिएको वस्तु हेटौंडाको पारिजातपथ, थानाभ-याङ, चौकीटोल र हुप्राचौर नजिकै भेटिएको प्रहरीले जनाएको छ । शंकास्पद वस्तुहरू नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । शंकास्पद वस्तुमा बालुवा र गिट्टीहरु फेला परेकोे प्रहरीको दाबी छ ।

यसैबीच बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण हेटौंडा हुँदै चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनहरु सञ्चालनमा आएका छैनन् । पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्तिलोकपथलगायतका सडकमा सवारीसाधन चलेका छैनन् ।

देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्रका अधिकांश उद्योग बुधबार बन्द छन् भने हेटौंडाका शैक्षिक संस्थाहरु पनि सञ्चालनमा आउन सकेको छैन । हेटौंडाको मुख्य बजारका पसलहरु पनि प्रायः बन्द छ भने मयुरी, अटो, मोटरसाइकललगायतका सवारी साधन मात्र सञ्चालित छन् ।

 

प्रकाशित: १५ श्रावण २०७६ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App