१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेकपाले चक्काजाम गरेकोमा कांग्रेसको विरोध

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाको नगरसभाप्रति असन्तुष्टि जनाउँदै नेकपाका नेता तथा कार्यकर्ताले चक्काजाम गरेकोमा कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ।

नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढंगले चौथो नगरसभा गरिएकोमा विरोध जनाएका थिए। यसैक्रममा नेकपा नगर कमिटीले बुधबार मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी–जयराम सडकका हलेसी र च्यास्मिटारमा एक÷एक घण्टा चक्काजाम गरेपछि नेपाली कांग्रेस खोटाङले साँझ पत्रकार सम्मेलन गरेर नेकपाले गैर(लोकतान्त्रिक चरित्र प्रदर्शन गरेको जनाएको छ।

कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बिना अजेन्डा मध्यपहाडी लोकमार्ग बन्द गर्ने कार्य जिम्मेवार पार्टीका नेता तथा कार्यकर्तालाई सुहाउने चरित्र नभएको बताए।

कांग्रेसले संकीर्ण मानसिकता, गैर(जिम्मेवार र अराजनीतिक गतिविधि त्यागेर विकास र समृृद्धिका लागि पारस्परिक छलफल, संवाद र एकताका आधारमा अघि बढ्ने वातावरण बनाउन नेकपालाई आग्रह गरेको छ।

हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा आएको समान प्रकृतिको समस्या समाधानका विषयमा जिल्ला समन्वय समितिले भूमिका निर्वाह गर्नुपर्ने कांग्रेसको धारणा छ।

प्रकाशित: ९ श्रावण २०७६ ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App