१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दोर्दी खोलामा बाढी आउँदा ४ जनाको मृत्यु, दर्जन बढी सम्पर्क बाहिर

फाइल तस्बिर

लमजुङ– लमजुङमा बुधबार दिउँसो को अबिरल बर्षापछि दोर्दी खोलामा आएको बाढीमा परेर चार जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा भौतिक क्षति भएको छ।

पूर्वीभेगको दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा दिउँसो करिब ३ बजेतिर आएको ठूलो बाढीमा परेर चार जनाको मृत्यु हुनुको साथै जलविद्युत आयोजनाका संरचनामा समेत क्षति भएको हो। 

दोर्दीगाउँपालिका कार्यालय रहेको शेराबजार नजिकै दुईजना र थप दुईको शव ढोडेनीको किर्तीपुर क्षेत्रमा फेला परेको दोर्दी गाउँपालिकाका प्रमुख ओमबहादुर गुरुङले जानकारी दिए। उनीहरुको सनाखत हुन नसकेको र जलविद्युत् आयोजनामा कार्यरत् कामदार हुनसक्ने उनले बताए। स्थानीयबासी र जलविद्युत आयोजनाका कर्मचारीहरुबाट उनलाई प्राप्त जानकारी अनुसार करिब २० जना कामदारहरु सम्पर्क बाहिर रहेको बुझिएको गुरुङको भनाई छ।

घटनाको जानकारी पाए लगत्तै प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई, डिएसपी रबिन्द्रमान गुरुङ लगायत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा गएको र उद्धारकार्यमा जुटिसकेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। उनका अनुसार बाढीबाट भएको मानवीय र भौतिक क्षतिको एकिन विवरण आउन बाँकी नै रहेको प्रहरी नायव उपरीक्षक गुरुङको भनाई छ।

स्थानीयका अनुसार ७५ प्रतिशत पूरा भएको २५ मेगावाटको माथिल्लो दोर्दी जलविद्युत आयोजना, लिवर्टी हाइड्रो पावरमा समेत बाढीले क्षति पु¥याएको छ। बाढीले निर्माण कार्यमा प्रयोग गरिएका डोजर, ट्रयाक्टर लगायतका अन्य सामानमा समेत क्षति पु¥याएको बुझिएको छ।

प्रकाशित: ८ श्रावण २०७६ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App