१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रतिबन्धित नेटवर्क मार्केटिङ गरेको आरोपमा तीन पक्राउ

चितवन- प्रतिबन्धित नेटवर्क मार्केटिङ व्यवसाय गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले तीन जनालाई पक्राउ गरेको छ। एलटी एभरेष्ट हर्बल लाईफ ग्लोबल संस्था प्रालि काठमाडौं दर्ता गरी चितवनका सर्वसाधारणलाई समेत ठगी गरेको आरोपमा प्रहरीले संस्थाका अध्यक्ष सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ७ का ३७ वर्षिय सुमन भन्ने जहरमान घिसिङलाई प्रक्राउ गरेको हो।

यस्तै, पक्राउ पर्नेमा संस्थाका दुई सदस्य गोरखा पालुङटार नगरपालिका वडा नम्बर १० का ३९ वर्षिय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ९ की ४३ वर्षिय पार्वती केसी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए। उनीहरुलाई प्रहरीले साउन ५ गते पक्राउ गरेको हो। पक्राउ परेका तीन जना विरुद्ध ठगी मुद्दामा अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाईएको उनी बताउँछन्।

प्रकाशित: ७ श्रावण २०७६ ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App