१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चोरीको मोटरसाइकलसहित चार जना पक्राउ

भक्तपुर- महानगरीय प्रहरी वृत्त थिमिको टोलीले नक्कली ब्लुबुक र चोरीको मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का १९ वर्षीय बालकृष्ण विश्वकर्मा, काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–५ का १९ वर्षीय राकेश लामा, सोही ठाउँका २१ वर्र्षीय फुर्साङ लामा र तिमाल–९ का २४ वर्षीय दावा लामा रहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिए। उनीहरु मोटरसाइकलको नक्कली ब्लुबुकसहित पक्राउ परेका हुन्।

यस्तै प्रहरीले मध्यपुरथिमि–१ लोकन्थलीबाट हराएको बा ७ प ५४७१ नं को मोटरसाइकलसहित गाईघाट घर भई हाल ललितपुरको टिकाथली बस्ने १९ वर्षीय दीपक थापामगर र सिन्धुपाल्चोक तौथली घर भई हाल ललितपुरको टिकाथली बस्ने २१ वर्षीय कुमार नेपाललाई पक्राउ गरेको छ।

यसैगरी प्रहरीले मध्यपुरथिमि–४ क्षयरोग अस्पताल नजिकबाट बा १ ख ८९१० नं को बसमा यात्रुको झोला लुटेर भाग्दै गरेका ओखलढुङ्गाको चम्पादेवी–१ का २१ वर्षीय गोपाल कार्कीलाई पक्राउ गरेको छ।  रासस

प्रकाशित: ५ श्रावण २०७६ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App