१५ आश्विन २०७७ बिहीबार
समाज

करेन्ट लागेर एकको मृत्यु

नुवाकोट– सूर्यगढी गाउँपालिका–५ स्थित बगुवामा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ। सोही गाउँपालिकास्थित बगुवामा छिमेकीको घरको केवलको तार बनाउन बिजुलीको पोलमा चढेका सोही स्थानका ३५ वर्षीय विष्णु राईलाई करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुँयालले जानकारी दिए।

करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको थियो। घाइते राईको उपचारका क्रममा मृत्यु भएको र उनको शव परीक्षणका लागि आवश्यक प्रक्रिया र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको हो।रासस

प्रकाशित: ४ श्रावण २०७६ १७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App