१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीको नालीबेली : डुबान, उद्धारदेखि सामूहिक भोजनसम्म (फोटो फिचर)

सिरहा– मनसुनको सुरुवातमै शनिबार चुरेदेखि मधेससम्म अत्याधिक वर्षाका कारण विभिन्न नदीहरुमा आएको बाढी गाउँबस्ती पस्यो।  विपद् व्यवस्थापनमा स्थानीय तहको फितलो तयारीको भार प्रहरीले उठाए। डुबानका कारण घरमै घेरिएका नवजात शिशुदेखि बृद्धसम्मलाई उद्धार गरेर सुरक्षित स्थानमा मात्र पुर्याएनन्, सरसामान पनि सुरक्षित स्थानमा पुर्याइदिए। बाढीपीडितको उद्धारमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी पनि खटिए।

सिंहदरबार गाउँमै आएपछिको पहिलो बाढी विपद्ले गाउँको सिंहदरबारलाई जनतामाझ छताछुल्ल बनाइदियो। विपद्मा परेका जनताको उद्धार तथा राहतमा स्थानीय सरकार नराम्ररी अक्षम सावित भए, जनताको नजरमा। डुबानपीडितको उद्धारमा उदासिन स्थानीय सरकार राहत वितरणमा समेत उदासिन देखिन्छ। सिरहा नगरपालिका बसपिट्टाका रामनारायण पासवानका अनुसार पीडितको पीडाप्रति नगरपालिका पूर्णरुपमा उदासिन देखियो। १ सय ५० घर पासनवान हामीले अहिलेसम्म नगरपालिकाबाट राहत सहयोग पाएका छैनौं। स्थानीय युवाहरुले संकलन गरेको राहत मात्र प्राप्त गरेको उनले बताए। डुबान पीडित भन्दा पनि जनप्रतिनिधिहरुले आफ्नो मान्छे खोजीखोजी राहत बाड्ने गरेको पासवनाको गुनासो छ। 

कल्याणपुर नगरपालिका इटारी पर्साहीकी सीता सदाय(४०) भन्छिन्, ‘शैनदिन सीपाही नैआबैछै त हमसब कमलाके बाइढमै बिला जैतियै (शनिबार प्रहरी नआउँदो हो त हामीसबै कमलानदीमै बिलाउँथ्यौं)।’ भावुक हुँदै उनले भनिन्,‘सीपाहीके रुपमे भगवान आइबक हमरा सबके बचौलकैै (प्रहरीको भेषमा भगवान आएर हाम्रो ज्यान बचायो।’ शनिबार कमलानदीको बाढी दलित बस्तीमा पसेपछि कच्ची छाप्रो क्षणमै गलेर बिलाएको थियो। यस बस्तीका करिब ५० घर कमलानदीको बाढीमा बग्दा बस्तीका मुसहरहरु बेघर भएका छन्। उनीहरुलाई प्रहरीले उद्धार गरेर निमावी इटारीपर्साहीमा राखिदिएको छ। स्थानीय प्रशासनको पहलमा कल्याणपुर नगरपालिकाले उनीहरुलाई सामूहिक भोजनको बन्दोबस्त गरिदिएको छ।

आश्रयस्थलमा खाना, बास र औषधोपचार व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र एसपी उमाप्रसाद चतुर्वेदीसहितको सुरक्षाअधिकारीको टोली पुगेर कल्याणपुर नगरपालिकाका मेयर शूर्यनाथ मण्डलसंग समन्वय गरेको थियो।
एक गाउँदेखि अर्को गाउँसम्म पुग्ने बाटाहरु ठाउँठाउँमा भत्केको कारण सम्पर्क विच्छेद भएको थियो। अहिले पानीको सतह घट्दै गएपछि बाटाहरु दुरुस्त बनाउने काम अघि बढेको छ।

बस्तीमा पानीको सतह कम हुँदै गएपछि बाढीपीडितहरु आश्रयस्थलबाट विस्तारै घर फर्किन थालेका छन्। भत्केका घरहरु ठड्याउन थालेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App