१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राहतका लागि सांसदलाई ज्ञापन

सिरहा– कर्जन्हा नगरपलिकाको बाढीप्रभावित क्षेत्रमा मंगलबार् यस क्षेत्रका प्रदेश सांसद दीलिप कुमार साहले स्थलगत रुपमा पीडितहरुसँग भेटेका छन्। बाढीडितको समस्या, अवस्था र हाल संसद र सरकारलाई अवगत गराउने राहत उपलब्ध गराउने उनले आश्वस्त पारेका थिए।

सांसद साहलाई कर्जन्हा नगरपालिकाका डुबानपीडितहरुले गास र बासको बन्दोवस्त मिलाइदिन आग्रह गरेका थिए। कमलानदीको पूर्वी बाँध भएर भारी सवारी साधनको आवागमन रोकिदिन समेत डुबान पीडितले सांसद साहसँग आग्रह गरेका थिए। सोही क्रममा कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले साहलाई राहत सहयोग उपलब्ध गराइदिन आग्रह गरेका थिए।

सांसद साहले यस क्षेत्रका डुबानपीडितलाई चाहिने राहत सामग्री छिट्टै उपलब्ध गराउने आश्वासन दिए। बाढीले सबैभन्दा बढी क्षती विपन्न, दलित र सुकुमम्वासी बस्तीमा भएको देखें साहले नागरिकसँग भने,‘यहाँको प्रहरी, प्रशासन र नेपाली सेनाको सक्रिय उद्धारकार्यले धेरै मानवीय क्षति हुन पाएन।’ उनले भने, ‘कमलानदी नै बस्तीमा उर्लदा धेरै मानवीय क्षति नहुनुमा प्रहरी प्रशासन र सेनाको तारिफयोग्य भूमिका छ।’

जिल्ला दैवीप्रकोप उद्धार समितिले स्थानीय तहहरुलाई सक्रिय बनाएर प्रारम्भिक राह समेत डुबानपीडितसम्म पुर्याइरहेको छ। कर्जन्हा नगरपालिकामा बाडी विस्थापितहरुलाई सामुहिक भोजनको आयोजन गरिएको समेत देखेको सांसद साहले नागरिकसँग भने। यहाँका बाढीपीडितलाई प्रभावकारी राहत वितरणका लागि लागि प्रदेश सरकार र संघीय सरकारसँग माग गर्ने उनले बताए। 

कर्जन्हा नगरपालिकामा मात्र १ सय ५० परिवारका करिब पाँच सय मानिस बाढीबाट विस्थापित रहेको मेयर गंगा पासवानले बताए। यस नगरपालिका १ का भोला साह कमलानदीको बाढीमा बगेर बेपता छन्।

प्रकाशित: ३१ असार २०७६ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App