१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चित्तलको छाला र मासुसहित पक्राउ

बर्दिया- बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट एक जना चित्तलको छाला र मासुसहित पक्राउ परेका छन्। एक थान चित्तलको छाला र १० किलो मासुसहित ४३ वर्षीय श्यामलाल थारू पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मोतिपुर र सशस्त्र प्रहरी बेस क्याम्प कतर्नियाबाट खटिएको टोलीले थारूलाई पक्राउ गरेको प्रहरी निरीक्षक मदन ठाकुरले जानकारी दिए। उनलाई आवश्यक कानूनी कारवाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई बुझाइएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले घटनाबारे अनुसन्धान भइरहेको बताए। रासस

प्रकाशित: ३१ असार २०७६ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App