१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दूषित पानीका कारण ५० बढी बिरामी

पाल्पा–रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको मौरान र अर्चलेका ५० जना भन्दा बढि झाडापखालाले विरामी परेका छन्।

जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल पाल्पाका प्रमुख डाक्टर पुष्प ज्ञवालीले बताए। उनका अनुसार बिहिबार दिउँसो ४ जनालाई सामान्य झाडापखला लागेको थियो। शुक्रबार बिहानदेखि सिंगो गाउँकालाइनै झाडापखलाले ग्रस्त पारेको डाक्टर ज्ञवालीले बताए।

अहिले जिल्ला अस्पताल पाल्पाका डाक्टर गगन अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले विरामीको उपचार थालेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकार माधव प्रसाद ज्ञवालीले बताए। उनका अनुसार विरामीको अवस्थालाई ख्याल गरेर सलाइन चढाउनुका साथै जीवनजल खुवाउने काम भइरहेको छ।

विरामी मध्य चारजनालाई थप उपचारका लागि तानसेन स्थीत युनाइटेड मिशन अस्पताल लाइएको सूचना अधिकारी ज्ञवालीले बताए। 'अहिले झाडापखला नियन्त्रण बाहिर छैन' उनले भने, 'तर गाउँका लाई स्लाईन दिन पाईएकाे छैन । दूषित पानीको कारण झाडापखला लागेको हुनसक्ने अनुमान गरिए पनि यथार्थ कारण यकिन हुन सकेको छैन्।'

स्वास्थ्यकर्मीको टोली शुक्रबार साँझ सातबजे घट्नास्थल पुगेको हो। झाडापखला लागेका बिरामीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। मौरानमा बिरामी भएका मध्ये अधिकांश कुमाल समुदायका रहेका छन् भने अर्चलेमा ब्राम्हण, दलित र जनजाती परिवाराका रहेको सूचना अधिकारी ज्ञवालीले बताए।

प्रकाशित: २७ असार २०७६ १५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App