५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कारागारको शौचालयमा झुण्डिएको अवस्थामा भेटियो कैदीको शव

खोटाङ – जिल्ला कारागार शाखा खोटाङको शौचालयमा एक कैंदी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कर्तव्य ज्यान मुद्धामा जेल जीवन बिताइरहेका केपीलासगढी गाउँपालिका–१ फेदीका अन्दाजी ३१ वर्षीय सुदीप राई कारागारको प्रयोगमा नआएको शौचालयमा आइतबार साँझ झुण्डिएको अवस्थामा फेला परेका हुन्। साँझ पौने सात बजे समूहमा नदेखिएपछि खोजी गर्दा उनी शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको कारागारका प्रमुख चित्राखर आचार्यले बताए।  
श्रीमती सुस्माको हत्या गरेर जलाएको अभियोगमा सर्वोच्च अदालतबाटै दोषीकारुपमा अन्तिम फैसला सुनाइएका राई २० वर्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ। घटनाका विषयमा मृतकको आफन्तलाई खबर गरेर शव पोष्टमार्टमको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताए।

२०७१ साल माघ २ गते राति आगलागीमा परी मृत्यु भएको भनिएकी श्रीमतीको ‘हत्यापछि जलाइएको’ भन्ने खुलासा भएपछि सुदीपलाई प्रहरीले अनुसन्धानका लागि सोही माघ १८ गते पक्राउ गरेको थियो। अपराध ढाकछोपका लागि उनले श्रीमतीको हत्यापछि आफ्नै घरमा आगो लगाएर ‘जलेर मृत्यु भएको बनाएको’ प्रहरीको दाबी थियो। कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालत पुग्दा समेत दोषी सावित भएपछि उनी जेल पठाइएका थिए।

सुदीप घटनाभन्दा दुई साता अघि मात्र बिदेशबाट घर आएका थिए। श्रीमती शुस्माको पेटमा रहेको गर्भको विषयमा बिवाद भएपछि घटना घटेको स्थानीयको अनुमान छ। उसबेला आगलागी भएको गोठमा डढेको अवस्थामा भेटिएकी सुस्माको पोष्टमार्टमकाक्रममा चार महिनाको गर्भ रहेको देखिएको प्रहरीले जनाएको थियो। शुष्मासँगको सम्वन्धका बिषयमा स्थानीय एक युवा पनि अनुसन्धानमा तानिएका थिए।

प्रकाशित: २३ असार २०७६ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App