१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पानी छोएको निहुँमा दलितमाथि कुटपिट

पानी छोएको निहुँमा कुटपिट भएको भन्दै गोरखा अस्पतालमा उपचाररत मनिका सुनार । तस्बिरः नागरिक

गोरखा– गोरखा नगरपालिका–५ कि मनिका सुनारलाई धारामा पानी छोएको भन्दै पम्फा श्रेष्ठले कुटपिट गरेकि छिन्। पँदेलथोकमा रहेको मानेधारामा श्रेष्ठले थापेको पानीको भरिएको गाग्री सारेर पानी पिउन लाग्दा कुटपिट गरेको पीडित ३८ वर्षिया सुनारले नागरिक न्यूजलाई बताईन।

कपालमा समातेर कुटपिट गरेको आरोप सुनारको छ। उनको गोरखा अस्पतालमा उपचार भईरहेको छ भने परिवारले प्रहरीमा उजुरी दिएका छन्। आरोपी ५२ वर्षिया श्रेष्ठले पानीको ग्रागी सार्न भनेको भए सार्ने थिएँ किन आफैँ सारेको भनेका बेला सुनारले तथानाम गालि गरेको बताईन। तथानाम गाली गरेपछि विवाद भएको बताउँदै श्रेष्ठले आफुलाई पनि कपाल समाएको आरोप लगाईन। प्रहरीमा सुनार परिवारले उजुरी गरेपछि श्रेष्ठ जिल्ला प्रहरी कार्यालय पुगिन। प्रहरीमा पुगेपछि उनी शरीरमा चोट लागेको भन्दै गोरखा अस्पतालमा उपचार गराउन पुगेकी छिन्। चिकित्सकका अनुसार देखिने केही चोट भने छैन।

घटनामा संलग्न दुबै जनाको गोरखा अस्पतालमा उपचार भईरहेको छ। मनिकाका आफन्त मोतिलाल सुनारले धारामा पानी पिउँदा कुटपिट भएको घटना समान्य नभएको बताउँदै कानुनी कारवाही हुनुपर्ने बताए। ‘छुवाछुत मुक्त समाज घोषणा गरिरहेका बेला पानी खान पनी नपाईने भो’ उनले भने। जहिले पनि धारामा भाँडा थाप्ने धारा खाली नराख्ने र पानी पिउँदा गाली गर्ने गरेको आरोप पीडितहरुको छ। प्रहरीले जाहेरी लिन अनकानी गरेको गुनासो पीडित परिवारको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावलले भने पीडित परिवारले ठाडो निवेदन दिएको र दुबै पक्षलाई मंगलबार छलफलका लागि जिल्ला प्रहरी कार्यालय बोलाएको बताए। पोखरीथोक वडा नम्बर ४र ५ को सिमाना हो। त्यहाँ दलित र जनजाती समुदायका बस्ती छ।

 

प्रकाशित: १६ असार २०७६ १६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App