७ वैशाख २०८१ शुक्रबार
समाज

सजाइँदै नेपालको ‘स्विजरल्याण्ड’ (फोटोफिचर)

(जिरी) दोलखा – नेपालको ‘स्विजरल्याण्ड’ अर्थात् दोलखाको जिरी उपत्यका आफैंमा सुन्दर र हरियाली छ। समुद्री सतहबाट १६ सय ४९ देखि ५३ सय ४१ मिटरसम्मको उचाइँभित्र पर्ने दोलखाको पूर्वी भेगमा पर्ने जिरी नगरपालिका चारैतिर हरियाली, चिसो हावापानी तथा ग्रामीण परिवेशले सजिएको देशकै एउटा सुन्दर पर्यटकीय नगरीका रूपमा प्रख्यात छ। जिरीले नेपालको ‘स्विजरल्याण्ड’को उपमा पाएको दशकौं भइसक्यो। यसका साथै यसलाई सगरमाथाको प्रवेशद्वारका रुपमा समेत चिनिन्छ।

जिरी उपत्यकाको भूगोल स्विजरल्याण्डको ज्युरिचसँग जस्ताको तस्तै मिल्छ। २०१० को दशकमा यो ठाउँ हुँदै सगरमाथा जान आएका स्विजरल्याण्डका भूगोलविद् टोनी हेगनले आफ्नै देशको ज्युरिच सहरसँग मिल्दोजुल्दो भूगोल देखेपछि यहाँको विकासको खाका कोरेर आफ्नो देशको सरकारलाई बुझाएका थिए।

त्यसपछि २०१५ साल देखि स्विस सरकारले जिरीको विकासमा हात हालेको थियो। अरनिको राजमार्गको खाडीचौरबाट दोलखा सदरमुकाम चरिकोटसम्म हुँदै जिरीसम्मको सडक स्विस सरकारले नै बनाइदिएको थियो।

पहिले सगरमाथा जाने पर्यटक जिरी बजारबाट पैदल यात्रा सुरु गर्थे। त्यसैले यो जिरीलाई सगरमाथाको प्रवेशद्वार भन्न थालियो। २०७१ सालमा नगरपालिका बनेको जिरीमा ९ वटा वडा छन्। सगरमाथा जाने पर्यटक सीधै हवाई उडानबाट जाने र सोलुखुम्बुसम्म यातायातको पहुँच पुगिसकेका कारण जिरीले अब आफूलाई विदेशीसँगै स्वदेशी पर्यटकको आकर्षक केन्द्रका रुपमा अब्बल बनाउने नीति लिएको छ। 

जिरी उपत्यकाको भूगोल स्विजरल्याण्डको ज्युरिचसँग जस्ताको तस्तै मिल्छ। २०१० को दशकमा यो ठाउँ हुँदै सगरमाथा जान आएका स्विजरल्याण्डका भूगोलविद् टोनी हेगनले आफ्नै देशको ज्युरिच सहरसँग मिल्दोजुल्दो भूगोल देखेपछि यहाँको विकासको खाका कोरेर आफ्नो देशको सरकारलाई बुझाएका थिए।

पर्यटक तान्न प्राकृतिक सम्पदालाई व्यवस्थित बनाउँदै पूर्वाधार निर्माण गर्ने नीति स्थानीय सरकारले लिएको छ। पार्क, ताल, सडक जस्ता पर्यटक आकर्षण गर्न धमाधम पूर्वाधार बनिरहेका छन्। सुन्दर र चिसो हावापानीमा घुम्न आउने पर्यटकका लागि लक्षित गरेर हाइकिङ र ट्रेकिङ रुट निर्माणका लागि पूर्वाधार बनिरहेको नगर प्रमुख टंक जिरेलले जानकारी दिए।

नगरले जिरी उपत्यकामा डेढ किलोमिटरको ताल निर्माण गर्दैछ। पर्यटक तान्न जिरी नगरपालिकाले चारवटा खोलालाई बारेर डेढ किलोमिटरको ताल निर्माण गर्न लागेको हो।

यस्तै जिरी घुम्न आउने पर्यटकलाई केही दिन यहीँको सुन्दर वातावरणमा घुलमिल गराउन नगरपालिकाले ६ ओटा आकर्षक पार्क निर्माण गरिरहेको छ। नगर प्रमुख जिरेलका अनुसार वडा नम्बर १ को श्यामादेखि ७ को खावाडाँडासम्म ६ वटा फरक–फरक किसिमका आकर्षक पार्क निर्माण गरिनेछ।

नगरपालिकाका अनुसार वडा नम्बर १ को पुम्पामा ‘स्टोन पार्क’ निर्माण भइरहेको छ। ठूलाठूला आकर्षक बनावटका ढुंगैढुंगा रहेको यो क्षेत्रलाई व्यवस्थित गरी पर्यटक घुम्नलायक बन्दैछ।

यस्तै २ नम्बर वडाको सैलुङ क्षेत्रमा ठूलढुङगा पार्क निर्माण भइरहेको छ भने ३ नम्बर वडामा कुथामे पार्क निर्माण हुँदैछ। ४ र ५ नम्बर क्षेत्रको गोकुलेश्वर महादेव जंगल क्षेत्रमा जैविक विविधता पार्कका रुपमा विकास गरिनेछ। वडा नम्बर ६ को बुंलडाँडामा शान्ति पदमार्ग तथा बुद्ध पार्क निर्माण भइरहेको छ। वडा नम्बर ७ को खावाडाँडालाई पिकनिक पार्कका रूपमा विकास गरिँदैछ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App