coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

महिलामाथि कुटपिट गर्ने वडाध्यक्षलाई एक हजार जरिवाना

रुकुम– गाउँकी महिलालाई कुटपिट गर्ने रुकुम (पूर्व)का एक वडाध्यक्षलाई एक हजार रुपैयाँ जरिवाना भएको छ। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ का वडाध्यक्ष जयकुमार बुढालाई जिल्ला अदालत रुकुमकोटले एक हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो। वडाध्यक्ष बुढाले सोही ठाउँकी जयपुरी बुढालाई कुटपिट गरेका थिए। गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको महिला भवन निर्माण गर्ने विषयमा विवाद हुँदा टाउँकोमा चोट लाग्ने गरेर वडाध्यक्षले बुढाले जयपुरीलाई कुटपिट गरेका थिए। 

गत फागुन ५ गते गाउँमा कुटपिट भएपछि पीडित परिवारले न्याय माग्दै फागुन ६ गते स्थानीय प्रहरी प्रशासनसँग निवेदन दिएको थियो। दुवै पक्षको छलफलबाट कुनै सहमति नभएपछि जयपुरीले फागुन ८ गते जिल्ला अदालत रुकुमकोटमा मुद्दा दर्ता गरेकी थिइन्। उक्त घटनामा वडाध्यक्ष बुढाले महिलालाई कुटपिट गरेर घाइते बनाएको ठहर गर्दै जिल्ला न्यायाधीश दुर्गबहादुर भुसालको इजलासले उनलाई जरिवानको फैसाला गरेको अदालतकी सूचना अधिकारी निर्मला शर्माले जानकारी दिइन्। 

फैसलामा वडाध्यक्षले मुलुकी अपराध संहिता २०७४ अनुसार दोषि ठहर भएकाले जरिवानाका साथै पीडित महिलालाई क्षतिपूर्तिको समेत व्यवस्था गरिदिएको छ। फैसलामा उल्लेख भए अनुसार वडाध्यक्ष बुढाले पीडित महिलालाई दुई हजार रुपैयाँ क्षतिपूर्ति वापतको रकम  उपलब्ध गराउनु पर्ने छ। 

प्रकाशित: १२ असार २०७६ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App