१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अछाममा ट्रयाक्टर दुर्घटना, तीन विद्यार्थीको मृत्यु

काठमाडौं - अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।  से १ त ७८३८ नम्बरको ट्याक्टर चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार दुर्घटना भएको हो।

दुर्घटनामा १६ वर्षीय रमेश साउद, १५ वर्षीया काली साउद र १५ वर्षीया लक्ष्मी साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले जानकारी दिए।

उनीहरु सबै विद्यार्थी रहेको शाहीले बताए। ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्। जिल्ला प्रहरी कार्यालयबाट दुर्घटनास्थल पुग्न तीन घण्टा लाग्ने भएकोले विस्तृत विवरण आइनसकेको उनले बताए।

प्रकाशित: ११ असार २०७६ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App