१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सरकारीभन्दा सस्तो मूल्यमा रेडियोलोजी सेवा

काठमाडौं –मेट्रो रेडियोलोजी एण्ड इमेजिङ प्रालि (एमआरआई सेन्टर) ले सरकारी दरभन्दा सस्तोमा रेडियोलोजी सेवा उपलब्ध गराउन सुरु गरेको छ।

२०५६ देखि रेडियोलोजीअन्तर्गतका एक्सरे, अल्ट्रासाउण्ड, सिटी स्क्यान र एमआरआई सेवा निजीस्तरबाट उपलब्ध गराउँदै आएको थियो। सेन्टरका प्रशासकीय अधिकृत रवीन बस्न्यातले एमआरआई सेवा सात हजार, सिटी स्क्यान दुई हजार ६ सय देखि ९ हजार एक सय रुपैयाँसम्म, अल्ट्रासाउण्ड आठ सय, मेमोग्राफी एक हजार पाँच सय र डेन्टल ओपिजी ९ सय रुपैयाँमा उपलब्ध गराउन सुरु गरिएको जानकारी दिए।

ती सेवाको दर सरकारी अस्पतालले प्रदान गर्ने दरभन्दा सस्तो रहेको बताइएको छ। सेन्टरका गतिविधिका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले रेडियोलोजी सेवा नाफामुखीभन्दा गरिब जनताको सेवा भावले सञ्चालन भएको जानकारी दिए। न्याम्सअन्तर्गतको वीर, त्रिविवि शिक्षण, निजामतीलगायतका अस्पतालमा अहिले पनि विशेष गरी एमआरआई सेवा लिन बिरामीले कम्तीमा एक हप्ता पालो कुर्नुपर्ने बाध्यता छ। ‘बिरामीले आफूले चाहेका समयमा तत्काल रेडियोलोजी सेवा उपलब्ध गराउनु हाम्रो ध्येय हो,’ बस्न्यातले भने, ‘बिहान सेवा लिनेलाई साँझ र साँझ सेवा लिनेलाई भोलिपल्ट बिहान रिपोर्ट दिन्छौँ। यहाँ आएपछि पालो कुरिरहनु पर्दैन।’

पछिल्लो समय अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआई तथा पेट स्क्यान उपकरणको आविष्कारसँगै रेडियोलोजी सेवाले फड्को मारेको छ। अस्पतालमा सेवा लिन जाने बिरामीको आवश्यकतानुसार प्रारम्भिक परीक्षण मुख्यतया एक्सरे जाँचबाट हुन्छ। हाड जोर्नी भाँचिएका, छातीमा संक्रमण आदिको परीक्षणमा एक्स–रे जाँचले प्रारम्भिक समस्याको पहिचान गर्न सहयोग पुग्ने चिकित्सकले जनाएका छन्। रासस

प्रकाशित: ९ असार २०७६ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App