१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

सिरहा–पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–८ स्थित सडकमा ट्रकको ठक्करबाट आज बिहान पैदल यात्रीको मृत्यु भएको छ। ना ४ ख ९८९७ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री नरहा गाउँपालिका–१, तिलासीका ३५ वर्षीय विक्रम उराँउको घटनास्थलमै मृत्यु भएको हो। 

विपरीत दिशाबाट आएको टिपरले ठाउँ नदिँदा ट्रकले पैदलयात्री उराँउलाई ठक्कर दिएको र घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिए।  ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: ७ असार २०७६ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App