७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सिर्जनाको मृत्यु कुटपिटबाट भएको आफन्तको दाबी

विषसेवन गरी उपचारका लागि ग्रान्डी अस्पतालमा भर्ना गरिएकी सिर्जना उपाध्यायको मृत्यु कुटपिटबाट भएको आफन्तहरूले आरोप लगाएका छन्। विवाह भएको ११ महिनामै सिर्जनाले विषसेवन गरेको भन्दै जेठ २४ गते काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो। सुर्खेत घर भई काठमाडौं टोखा बस्ने अश्वीनकुमार आचार्यसँग सिर्जनाको बिहे भएको थियो। दाइजोको निहुँमा सिर्जनाको हत्या गरिएको माइती पक्षको आरोप छ।

सिर्जनालाई पति अश्विनले कुटपिट गरी अस्पताल लगेको र उपचारकै क्रममा उनको मृत्यु भएको सिर्जनाका मामा ध्रुवराज उपाध्यायले बताए। उनका अनुसार जेठ २४ गते राति कुटपिटपछि ग्रान्डीमा गरिएको थियो। शरीरभरि नीलडाम पार्नुका साथै जबरजस्ती विष खुवाएको मामा ध्रुर्वराजको आरोप छ। सिर्जनाका बाबु नेपालगन्जबाट मंगलबार काठमाडौं आएपछि मात्रै आफन्तहरूले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा आचार्यविरुद्ध उजुरी दिएका छन्। उजुरी आएपछि प्रहरीले अनुसन्धान थालेको छ।

‘सिर्जनाको कुटपिटबाट मृत्यु भएको भन्ने शंका छ। सत्यतथ्य पत्ता लगाउन प्रहरीमा उजुरी दिएका छौं, विवाह भएको ११ महिना मात्रै भयो। दाइजो प्रशस्त नआएको भन्दै तनाव दिने गरेका थिए,’ मामा ध्रुवराजले भने। महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी फणिन्द्र प्रसाईले अश्वीन आचार्यविरुद्ध उजुरी परेको बताए। उनले प्रारम्भिक अनुसन्धानमा विषसेवन देखिए पनि आफन्तले सत्यतथ्य छानबिनका लागि उजुरी दिएकाले अनुसन्धान हुने बताए। सिर्जनाका शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App