१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

देवदहमा एक युवकको हत्या

बुटवल– रुपन्देहीको देवदहमा एक जना युवकको हत्या भएको छ। देवदह नगरपालिका वडा नं ८ प्रेम टोलका २८ बर्षीय सुमन थापाको गएराती हत्या भएको हो।

थापाको आफ्नै साथीहरुको कुटपिटबाट हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्याको अभियोगमा प्रहरीले स्थानीय २४ बर्षे लक्ष्मण थारु,१९ बर्षे सुवास क्षेत्री, २४ बर्षे रेखबहादुर महतो र २३ बर्षे हिराबहादुर महतोलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये लक्ष्मण थारुले रातीको समयमा थापाले आफनो घरको ढोका लगातार हानेपछि बाहिर निस्कदा हानाहान भएको प्रहरीलाई बताएका छन।

घटना पूर्व थापा र पक्राउ परेका चारै जनाले गाँउकै एक घरमा बसेर मदिरा सेवन गरेको र सामान्य झगडा समेत भएको बताइएको छ। मदिरा सेवनपछि सबै आआफनो घर गइसकेपछि थापा फर्केर थारुको घरमा गएको बताइएको छ। घटनामा चारै जनाको संलग्नता भए नभएको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए।

गए राति करिब १० बजेको समयमा स्थनीयले बेहोस अवस्था थापालाइ देखेपछि मृतक थापाकै मामाले प्रहरीलाइ खबर गरेका थिए। तत्काल अस्पताल पु-याइएका थापालाई उपचारकै क्रममा अस्पतालले मृत घोषणा गरेको हो। थापाका बाबु आमा, एक दाइ र एक भाइ छन्। यसअघि गाडी चालकको पेशा गर्दै आएका थापा बिगत एक महिना देखि काम छोडेर बसेको परिवारले जनाएको छ। देवदहमा यसअघि पनि गत फागुनमा आफनै साथीहरुको कुटपिटबाट अनिस पुरीको हत्या भएको थियो।

प्रकाशित: २६ जेष्ठ २०७६ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App