१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

पल्टिएको बोलेरो भीरको रुखमा अल्झियो, एक यात्रु घाइते

खोटाङ– खोटाङमा बोलेरो दुर्घटना हुँदा एक घाइते भएका छन्। काठमाडौंबाट सामान लिएर ऐसेलुखर्क जाँदै गरेको बा २१ च ४०४९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका फुर्वा शेर्पा घाइते भएका हुन्।

शेर्पाको दाहिने हातमा चोट लागेको ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक नरेन्द्र पौडेलले बताए। अनियन्त्रित भएको जीप हलेसी तुवाचुङ नगरपालिकाको अर्खौलेमा सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

पछाडि सामान बोकेको बोलेरोमा चालक सहित पाँच जना सवार थिए। पल्टिएको बोलेरो सडक भन्दामुनि रहेको भीरको रुखमा अल्झिएकाले ठूलो दुर्घटनाबाट जोगिएको उद्धारमा खटिएका किसन भुजेलले बताए। घट्नास्थलबाट शेर्पालाई बोलेरोले किचिरहेको अवस्थामा उद्धार गरिएको थियो। घाईते शेर्पालाई थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको पौडेलले बताए। बोलेरो पल्टिँदा सामान छरपस्ट भएको छ। 

प्रकाशित: २५ जेष्ठ २०७६ १६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App