१० कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

घुससहित समातिए इन्सपेक्टर

भैरहवा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले १५ हजार घुस सहित इलाका प्रहरी कार्यालय मुर्गिया रुपन्देहीका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ। कार्यालयका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई १५ हजार घुस लिदैं गर्दा अख्तियारको टोलीले बिहिबार दिउँसो रंगेहात पक्राउ गरेको हो।

सेवाग्राही सँग घुस लिदै गर्दा बस्नेतलाई कार्यालय परिसर बाटनै पक्राउ गरेको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सुचना अधिकारी सुरेश भुसालले दिए। घुस सहित पक्राउ परेका बस्नेतको बारेमा अनुसन्धान भइरहेको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App