काठमाडाैं– महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार राति पुरानो बसपार्क क्षेत्रमा चेकजाँचको क्रममा बा ६७ प ८८११ नम्बरको मोटरसाईकल चालक रामेछाप मन्थली नगरपालिका ११ बस्ने २२ वर्षीय कोषराज बोहरा र मोटरसाईकलमा पछाडि सवार सोही स्थान बस्ने २२ वर्षीय विवेक कार्कीले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेका थिए। उनीहरुले २ सय रुपैयाँ दिइ कार्वाहीबाट बच्न खोजेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २० जेष्ठ २०७६ ०८:३७ सोमबार