१० आश्विन २०७७ शनिबार
समाज

बसमा आगजनी

सुर्खेत - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रुबहाक बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्वरको बसलाई हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे एक बजेतिर गोचेखोलामा रोकेर आगजनी गरेका हुन् ।

प्रहरीका अनुसार बसका चालक, सहचालक र साहुलाई झारेर पेट्रोल खन्याएर पाँच–छ जनाको हतियारसहितको समूहले आगजनी गरेको हो । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । बस जलेको ठाउँ नजिकै संकास्पद बस्तु फेला परेको छ । अहिले सो क्षेत्रलाई प्रहरीले पहरा दिइरहेको छ ।

 

प्रकाशित: १३ जेष्ठ २०७६ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App