१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आफ्नै छोरीलाई जिउँदै जलाउने आमाबुवा पक्राउ

फाइल फाेटाे

दार्चुला–व्यास गाउँपालिका वडा नम्बर ५ चुकपानी बस्ने एक दम्पतीले आफ्नै छोरीलाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका छन्। बुबा २४ बर्षीय नवीन बिष्ट र आमा शिला बिष्टले १० महिनाकी छोरी अनुश्का बिष्टलाई जिउँदै जलाएको स्थानीयले बताएका छन्।

बिष्ट दम्पत्तीले बिहीबार राती १० घर बाट २०० मिटर टाढा रहेको सुकेको खर (गाज्यौ) को थुप्रो भित्र राखेर बाहिरबाट आगो लगाइ छोरीलाई मारेको प्रहरीले जनाएको छ। छोरीको हत्या गरेर भाग्ने क्रममा स्थानीयले दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।

अहिले दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताएका छन्। उनीहरुले राती करिब साढे ११ बजे छोरीलाई खरको थुप्रोमा राखेर आगो लगाई हत्या गरेको थिए।

छोरीको जलाएर हत्या गरी बुवाआमा भाग्ने क्रममा स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिइ प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता हिक्मत बहादुर बोहराले छोरीलाई जलाउने आमाबुवालाई जिप्रका ल्याइएको बताए। ती बालिकाको शवको पोष्टमार्टम गरी घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बोहराले जानकारी दिए।
 

प्रकाशित: २७ वैशाख २०७६ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App