१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ओखलढुंगामा ८१ प्रतिशत निजी आवास पूनर्निर्माण

ओखलढुंगा–भूकम्प गएको चार वर्ष पुग्दा ओखलढुंगामा ८१ प्रतिशत निजी आवास पूननिर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार ३ सय ७६ लाभग्राही मध्ये ८१ प्रतिशतले नयाँ घर बनाएका हुन्।

पहिलो किस्ता लिएका २० हजार ३ सय ७६ लाभग्राही मध्ये १६ हजार ५ सय १२ भूकम्प पीडितहरुले तेश्रो किस्ता अनुदान सम्झौता गरि सकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख युवराज खरेलले बताए।

तेस्रो किस्ता वापत लाभग्राहीले निर्माणको काम सम्पन्न भएको प्रमाणित भइसकेपछि मात्र अन्तिम किस्ता पाउने प्रावधान छ। दोश्रो किस्ता लिएको १८ हजार ४ सय ७२ लाभग्राही एक हजार नौ सय ६० ले तेश्रो किस्ता लिन बाँकी छन्। जिल्लामा कुल २१ हजार ३ सय ३८ लाभग्राही थिए। १२ हजार ९ सय ९० जनाले कार्यालयमा पुन सर्वेक्षणका लागि गुनासो गरेका थिए। आएका गुनासो मध्ये ७ हजार ४ सय ५८ को पुनःसर्वेक्षण गरी सुनुवाई भईसकेको र बाँकी ५ हजार ४ सय ६२ गुनासोको सर्वेक्षण चाँढै हुने प्रमुख खरेलले बताए।

८१ प्रतिशत निजी आवास पूननिर्माण सम्पन्न भए पनी अधिकांश भूकम्प पीडितहरु अझै पनी पूर्ण क्षती भएका घरमै बसिरहेका छन्। पूर्ण क्षतीमा परेका घरको सट्टामा नयाँ भूकम्प प्रतिरोधी घर बनाए पनी उनिहरु त्यही पुरानै पूर्ण क्षतीमा परेका घरमा बसिरहेका हुन्। पूर्ननिर्माण पछिका निजी आवासहरू प्रयोगबिहीन भएका छन्। नयाँ बनेका घर आवश्यकता भन्दा सानो भएकाले पुरानो घर नभत्काई त्यसैलाई प्रयोग गरी बसेको स्थानीयहरुको भनाई छ।

प्रकाशित: १८ वैशाख २०७६ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App