coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल रिपब्लिक मिडिया ११ औं वर्षमा प्रवेश, पत्रकार सम्मानित

काठमाडौं– नेपाल रिपब्लिक मिडिया ११ औं वर्ष प्रवेशको अवसरमा आयोजित विशेष कार्यक्रममा पत्रकार तथा कर्मचारी सम्मानित भएका छन्।

सम्मानित हुने पत्रकारहरुमा महावीर पौडेल, नगेन्द्र उपाध्याय, विष्णु अर्याल, प्रशान्त लामिछाने, रितेश त्रिपाठी र भीम चापागाईं रहेका छन्। त्यस्तै थिरलाल भुसाल, मदन अर्याल र दिलबहादुर छत्याल एनआरएम स्टार्सले सम्मानित भएका छन्।

कार्यक्रममा बोल्दै नेपाल रिपब्लिक मिडियाकी प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले नागरिकले भ्रष्टाचारको विरुद्ध र समृद्धिको मार्गमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताइन्। उनले डिजिटलाइजेसनको महत्व बढेको भन्दै नागरिकले सञ्चारको क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको र खेल्नुपर्नेमा जोड दिइन्।

त्यस्तै नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलले पत्रकारितामा उत्साह अत्यावश्यक भएको बताए। नागरिकले विभिन्न महत्वपूर्ण विषय उठान गरेको स्मरण गर्दै सकारात्मक बन्नुपर्ने बताए। परिवर्तन आफैँबाट सुरू गर्नुपर्ने उनकाे भनाइ थियाे। त्यस्तै शुक्रबारका सम्पादक केपी ढुंगानाले  २०७६ सालकाे सुरूदेखि नै ललीता निवासदेखि याैन दुर्व्यवाहारका मुद्धाहरू उठाएर नागरिकले सार्वजनिक चासाेका विषयमा अहम भुमिका खेलेकाे बताए। त्यस्तै नागरिक 'परिवार'का सम्पादक विश्वमणि पाेखरेलले नयाँपुस्ता पत्रकारितामा आउन नचाहनु दुखद पक्ष भएकाे बताए। 

कार्यक्रममा अंग्रेजी संस्करण रिपब्लिक दैनिकका सम्पादक सुवास घिमिरेले विश्व पत्रकारिताकाे उदाहरण दिँदै पत्रकारितामा निरन्तरता आवश्यक पर्ने औँल्याए। एक दशककाे पत्रकारितामा नागरिकले विश्वास कमाएकाे बताए। त्यस्तै, नागरिक अनलाइनका सम्पादक राजाराम गाैतमले अबकाे समयमा डिजिटल मिडिया महत्वपूर्ण बन्दै गएकाे बताए। १ दशककाे यात्रामा कमाएकाे उपलब्धी जाेगाउदै अगाडि बढ्नु पर्नेमा उनकाे जाेड थियाे।

कार्यक्रममा  पत्रकार तथा कर्मचारीलाई सम्मान सम्मान गरिएकाे थियाे। सम्मानित हुनेमा अग्रलेख लेखक पुरस्कार महावीर पाैडेल, उत्कृष्ट खाेज पत्रकार पुरस्कार नगेन्द्र उपाध्याय, उत्कृष्ट सम्प्रेषणकर्ता पुरस्कार विष्णु अर्याल, उत्कृष्ट समाचार सम्प्रेषक प्रशान्त लामिछाने, उत्कृष्ट स्थानीय समाचार सम्प्रेसक पुरस्कार र उत्कृष्ट समाचार कथा लेखक पुरस्कार भीम चापागाईं रहेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App