१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

घोराही - गए राति करीब १२ बजेतिर दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त घटना घटेको हो।

दुर्घटनामा परी लमही नगरपालिका–७ उचानिम्बु बस्ने २२ वर्षीय लालु चौधरीको मृत्यु भएको छ। चौधरीको दाङको लमही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए।

चौधरीसँगै मोटरसाइकलमा सवार १६ वर्षीय आशिष चौधरी र लमही नगरपालिका–३ मजगाउँ बस्ने १३ वर्षीय प्रकाश घर्तीमगरलाई थप उपचारको लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ९ वैशाख २०७६ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App