१६ चैत्र २०८० शुक्रबार
समाज

विष्णु पौडेलको संलग्नता ढाकछोप गर्ने सरकारको प्रयास: महासचिव पौडेल ठगिनु भयो (भिडियो)

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बालुवाटारस्थित सरकारी सम्पत्ति हिनामिनामा नेकपाका महासचिव विष्णु पौडेलको संलग्नतालाई ढाकछोप गर्ने प्रयास गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले ललिता निवास खरिद प्रकरणमा विष्णु पौडेल ठगिएको दाबि समेत गरे। प्रधानमन्त्री निवास किनबेच नभएको भन्दै बाँस्कोटाले ललिता निवासको जग्गा समस्यामा सत्यतथ्य जाँचबुझ हुने बताए ।

व्यक्तिलाई लक्षीत गरेर खुइलाउने काम भएको भन्दै पत्रकार सम्मेलनमा केही आक्रोसित भएका थिए। ‘उहाँ अपराधी हैन। उहाँलाई झुक्याएर बेचिएछ। खरिद गर्नेको के दोष?’ बाँस्कोटाको जिकिर छ। ललिता निवासको जग्गा सरकारले जग्गा रोक्का गरिसकेको बताउँदै उनले व्यक्तिलाई डाम्ने हिसाबले अघि नबढ्न समेत उनले आग्रह गरेका थिए।

जग्गा किनबेचमा नेकपाका महासचिवको नाम जोडिएको माथि पत्रकारले उठाएको प्रश्नमा जवाफ दिँदै बाँस्कोटाले भनेका थिए, ‘उहाँ(विष्णु पौडेल)ले मात्र जग्गा किन्नु भएको हैन । अरुले पनि किनेका छन् । सबैजना ठगिनु भयो।’

पौडेल नेकपा भएकै कारणले छानबिनको प्रक्रिया प्रभावित नहुने समेत उनको प्रष्टोक्ति  थियो।

सरकारी जग्गा व्यक्तिलाई किनबेच हुन्छ भने कुनैपनि किसिमको ‘टोलरेन्स’ नहुने बाँस्कोटाले मन्त्री परिषद्को निर्णयमा सुनाए। ‘आफु संलग्न नरहेको भन्दै महासचिवले वक्तव्य पनि जारी गरिसक्नु भएको छ,’ उनले भने, ‘दोषी उम्किन सक्दैन। सरकारले आफ्नो जग्गा लिन्छ।’

प्रकाशित: २८ चैत्र २०७५ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App